चीनमा प्लग इन इलेक्ट्रिक कारको बिक्री बढ्दो

  • Technology Khabar | २६ बैशाख २०८०, मंगलवार
चीनमा प्लग इन इलेक्ट्रिक कारको बिक्री बढ्दो

काठमाडौं ।

चीनमा प्लग इन इलेक्ट्रिक (फूल इलेक्ट्रिक र हाइब्रिड) कारको बिक्री बढ्दो क्रममा देखिएको छ। चीनको मार्चको सवारी दर्ता तथ्यांक अनुसार इलेक्ट्रिफिकेसन मूलधार हुँदै गइरहेको देखिन्छ।

जोस पोन्टेसले सेयर गरेको ईभी भोल्युम्सको डाटा अनुसार मार्चमा चीनमा करिब ५ लाख ६३ हजार ३३४ यूनिट नयाँ प्यासेन्जर प्लग इन इलेक्ट्रिक कार दर्ता भएका छन्। यो एक वर्षको तुलनामा २३ प्रतिशत बढी भएको इनसाइड इभीले उल्लेख गरेको छ।

रिचार्जेबल कारको बजार हिस्सा ३४ प्रतिशत पुगेको छ। यो कुल मात्राको एक तिहाई भन्दा पनि बढी हो।

चीनमा दर्ता भएका सवारी मध्ये इलेक्ट्रिक कारको संखया २४ प्रतिशत छ। चीनमा बिक्री हुने चार नयाँ कार मध्ये एक ईभी रहेको छ।

मार्चमा चीनमा ब्याट्री इलेक्ट्रिक भेहिकल ३ लाख ९८ हजार यूनिट सहित २४ प्रतिशत मार्केट सेयर र प्लग इन हाइब्रिड भेहिकल १ लाख ६६ हजार सहित १० प्रतिशत मार्केट सेयर छ।

यो वर्षमा चीनमा १.३६ मिलियन नयाँ प्लग इन इलेक्ट्रिक कार दर्ता भएका छन्। गत वर्षको तुलनामा २२ प्रतिशतले बढी हो।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

  • Technology Khabar
  • २६ बैशाख २०८०, मंगलवार