अमेरिकामा उत्पादन हुने टीएसएम चिप्सको लागत ३० प्रतिशतसम्म बढ्ने, स्मार्टफोन अझै महँगो हुने

  • Technology Khabar | २६ बैशाख २०८०, मंगलवार
अमेरिकामा उत्पादन हुने टीएसएम चिप्सको लागत ३० प्रतिशतसम्म बढ्ने, स्मार्टफोन अझै महँगो हुने

काठमाडौं ।

टीएसएमसी संसारको सबैभन्दा ठूलो सेमीकन्डक्टर फाउन्ड्री हो। कम्पनीले कम्प्युटर, फोन र अन्य धेरै इलेक्ट्रोनिक डिभाइसका लागि उन्नत चिपसेटहरू उत्पादन गर्दछ।

यो ताइवानमा आधारित कम्पनी हो। तर यसको टापुबाहिर पछि फ्याक्ट्री छन्। टीएसएमसी चिपको मूल्य वृद्धि गर्ने योजना छ। यस्तो भएमा स्मार्टफोनहरु अझै महँगो हुन सक्छ।

भर्खरै टीएसएमसीले अमेरिकी भूमिमा प्लान्ट स्थापना गर्न ठूलो लगानी गरेको छ। ती मध्ये सबैभन्दा ठूलो एरिजोनामा हुने जहाँ ३ एनएम र ५ एनएम चिप उत्पादन गरिनेछ।

अमेरिका उन्नत चिप उत्पादनलाई चीनबाट टाढा लग्ने योजनामा छ। यो रणनीतिको कारक तत्वको रुपमा चिपको लागत अधिक महँगो हुन सक्छ। अमेरिकामा अन्य मुलुकको तुलनामा अमेरिकाको श्रम शक्ति महँगो छ। अझ महत्पूर्ण तथ्य यो हो कि अधिकाश आपूर्ति श्रृंखलाहरु एशिया क्षेत्रमा निर्भर छन्। त्यसैले प्यासिफिकमा उत्पादन सार्न लागत प्रभावी हुने छैन।

डिजीटाइम्सको रिपोर्ट अनुसार टीएसएमसीले नयाँ रणनीति विकास गरिरहेको छ। जसले जापान लगायत विदेशी प्लान्टहरुमा उत्पादनको मूल्य बढ्नेछ। हाल जापानमा उत्पाद हुने चिप्स ताइवानको तुलनामा १० देखि १५ प्रतिशत महँगो छ।

एरिजोना प्लान्टको उत्पादन सुरु भएपछि त्यहाँ उत्पादित चिप्सको मूल्य करिब ३० प्रतिशत महँगो हुनेछ। यसले विदेशमा उत्पादन हुने ३ एनएम र ५ एनएमको समग्र मूल्यमा वृद्धि हुनेछ।
डिजीटाइम्सले मूल्य बढ्नुको अर्को कारण उल्लेख गरेको छ, र त्यो भनेको हालको मार्जिन दर ५३ प्रतिशत कायम राख्नु हो। यो लागनीकर्ताका लागि महत्वपूर्ण छ।

बजारमा उत्पन्न यी नयाँ अवस्थाका कारण केही ग्राहकहरु सामसङमा सर्ने विचारमा छन्। यसबाहेक, टीएसएमसी पहिले नै एप्पलको मागहरू कायम राख्न संघर्ष गरिरहेको छ। केही अफवाहहरुका अनुसार कपर्टिनो आधारित कम्पनीले टीएसएमसीको २०२३ सम्पूर्ण उत्पादन बुक गर्न सक्छ।

स्मार्ट फोन उद्योगमा कस्तो प्रभाव पर्छ?

टीएसएमसी चिपको मूल्य वृद्धिले पक्कै पनि स्मार्टफोनको उत्पादन लागत बढाउनेछ। अधिक महँगो प्रोसेसरहरूले स्मार्टफोन उत्पादनमा प्रत्यक्ष असर पार्छ। महँगो पार्टपुर्जाका कारणले मात्र उत्पादकहरुको बढ्दो मार्जिनका कारण पनि स्मार्टफोन महँगो हुनेछ। रिपोर्ट अनुसार यसको प्रभाव स्वरुप आईफोन १५ लाइनअप अधिक महँगो हुन सक्छ।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार