स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकले एससीटी-यूपीआई डेबिट कार्ड सेवा संचालन गर्ने

  • Technology Khabar | २५ बैशाख २०८०, सोमबार
स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकले एससीटी-यूपीआई डेबिट कार्ड सेवा संचालन गर्ने

काठमाडौं ।

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक बिच एससीटी-यूपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।

हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनि र १५० भन्दा बढी सहकारीहरूले एससीटी-यूपीआई डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक महानुभावहरूले एससीटी-यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने जनाएको छ।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार