
काठमाडौं ।
टेस्लाले आफ्नो जर्मन प्लान्टमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग गरि मोडेल वाई एसयूवीको उत्पादनको थालनी गरेको हालैको रिपोर्टले बताएको छ।
बीवाईडीको ब्याट्री वाई आरडब्ल्यूडी नामक इन्ट्रि–लेभल मोडलमा प्रयोग गरिने अपेक्षा गरिएको र आयातित चीन निर्मित मोडल ३ मा भने सीएटीएलको एलएफपी ब्याट्री फिचर गरिने उल्लेख गरिएको छ। बीवाईडी एक भर्टिकल्लि इन्टिग्रेटेड कम्पनी भएकाले सम्पूर्ण ईभी आपूर्ति श्रृंखलालाई कभर गर्नुका साथै कम्पनीले लिथियम खानीको स्वामित्वदेखि ब्याट्रीहरू उत्पादन गर्ने र विद्युतीय सवारी साधनहरू उत्पादन गर्नुका साथै आफ्नो सवारीहरूको लागि सफ्टवेयर र एडीएएस पनि विकास गर्ने गरेको गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
ब्लेड ब्याट्रीहरूले मोडेल वाई उत्पादनलाई पावर दिने
सन् २०२२ मा बीवाईडीले प्लग–इन हाइब्रिड प्यासेन्जर कार (९४६,२३९), अल–इलेक्ट्रिक प्यासेन्जर कार ( ९११,१४०) र कमर्सियल कार र बस (६,११५) गरी समग्रमा १,८६३,४९४ न्यू इनर्जी भेहिकल्स (नयाँ ऊर्जा वाहनहरू) बिक्री गरेको उल्लेख छ। फलस्वरूप, बीवाईडीले चीनमा सबैभन्दा धेरै बिक्री हुने कार ब्रान्डको रूपमा फक्सवागनलाई उछिनेको छ।
टेस्लाको आफ्नो मोडल वाईमा गरेको बीवाईडी ब्लेड ब्याट्रीको अवलम्बन एक महत्त्वपूर्ण विकास भएको बताईएको छ। साथै यस कदमले कम्पनीले चिनियाँ निर्माताबाट पहिलो पटक ब्याट्रीहरू प्रयोग गरेको प्रतिनिधित्व गरेको बताइएको छ। बीवाईडी विश्वको दोस्रो ठूलो ब्याट्री उत्पादक भएको र बस उद्योगमा यसको बलियो उपस्थिति रहेको छ। साथै टेस्लासँगको यो सहकार्यले ईभी बजारमा बीवाईडी को स्थितिलाई अझ बलियो बनाउनेछ।
ब्लेड ब्याट्री नेक्स्ट–जेनेरेसन (अर्को पुस्ता) को ब्याट्री भएकाले यस ब्याट्रीले परम्परागत लिथियम–आयन ब्याट्रीहरूले भन्दा धेरै फाइदाहरू प्रदान गर्ने उल्लेख गरिएको छ। ब्लेड ब्याट्री सुरक्षित, अधिक स्थिर हुनुका साथै लामो लाईफ साईकल (जीवन चक्र) पनि रहेको छ। ब्याट्रीले लिथियम आइरन फस्फेट (एलएफपी) रसायन प्रयोग गर्दछ। लिथियम आइरन फस्फेट (एलएफपी) आफ्नो स्थिरता र सुरक्षाको लागि चिनिने गर्दछ। त्यसैगरी ब्लेड ब्याट्रीको डिजाइन अद्वितीय रहेको र यसमा फिचर गरिएको ब्लेड जस्तो स्ट्रक्चरले तातो अपव्ययलाई बढाउने बताइएको छ। साथै यो ब्याट्री सुरक्षाको महत्वपूर्ण पक्ष भएको उल्लेख गरिएको छ।
मोडल वाईमा बीवाईडी ब्लेड ब्याट्री समावेश गर्ने टेस्लाको छनोटले ईभी बजारलाई महत्त्वपूर्णरूपमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। विश्वको अग्रणी ईभी निर्माताहरू मध्येको एक टेस्लाले ब्लेड ब्याट्रीलाई अपनाएको हुनाले यस कदमले अन्य ईभी उत्पादकहरूलाई पनि तिनीहरूको सवारी साधनहरूमा सो ब्याट्री प्रविधि प्रयोग गरी अन्वेषण गर्न प्रोत्साहित गर्न सक्नेछ।
यसबाहेक, टेस्ला र बीवाईडी बीचको साझेदारीले दुवै कम्पनीहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। साथै यस साझेदारीले उक्त दुई कम्पनीहरूलाई उत्कृष्ट ईभी उत्पादन गर्नको लागि एक–अर्काको शक्तिलाई पूँजीकरण गर्न सक्षम बनाउने अनुमान छ।
प्रकाशित: २५ बैशाख २०८०, सोमबार