काठमाण्डौ महानगरपालिकाले ल्यायो केएमसी एप, मोबाइलबाटै महानगरको सेवा लिन सकिने

  • Technology Khabar | २५ बैशाख २०८०, सोमबार
काठमाण्डौ महानगरपालिकाले ल्यायो केएमसी एप, मोबाइलबाटै महानगरको सेवा लिन सकिने

काठमाडौं ।

काठमाण्डौ महानगरपालिकाले सर्वसाधारणलाई दिने सेवामा सहजता ल्याउने गरी केएमसी एप लन्च गरेको छ।

महानगरका मेयर बालेन साहले सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसि एप लन्च गरेको बताएका छन्।

“सो एपमार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने ब्यवस्था गरेका छौं,” उनले भनेका छन्।

उक्त एपमा ३० भन्दा बढी प्रकारका सिफारिसहरू, अनलाइन राजस्व, नगर प्रमुखसंग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू, बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र, हेल्लो मेयर, जनगुनासो, स्मार्ट कर, प्रकाशित राजपत्रहरू, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरुलगायतका विषयहरु समेटिएका छन्।

काठमाण्डौ महानगरपालिको सो एप मार्फत हाललाई नागरिकता सम्बन्धी सिफारिस, घरवाटो सिफारिस, कित्ताकाट सिफारिस, जग्गा मुल्यांकन सिफारिस, घरधनी प्रमाणपुर्जाको प्रतिलिपिलगायतका सेवा प्राप्त गर्न सकिने जनाएको छ।

यसका साथै घर कायम सिफारिस, सम्पत्ति कर चुक्ता सिफारिस, अस्थायी बसोबास सिफारिस, स्थायी बसोबास सिफारिस, बिद्युत जडान सिफारिस,
धारा जडान सिफारिस, आन्तरिक बसाइसराइ सिफारिस, कोठा खालि गर्ने सिफारिस, जन्म मिति प्रमाणित, अविवाहित प्रमाणित, नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, अदालत शुल्क मिनाहा सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, ब्यवसाय बन्द सिफारिस, संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस, अपांग सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस, बिपन्न नागरिक औषधी उपचार सिफारिस, ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ ओटा सिफारिसहरू अनलाइन गरिएको छ भने अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्ने मेयर साहले जानकारी दिएका छन्।

यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता विभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएमई पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको जनाईएकोछ।

सो एप हाल गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध भईसकेकोछ।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार