सुन्दर पिचाईदेखि स्टीभ वोज्नियाकसम्म- एआईको बारेमा विज्ञहरूले के भने?

  • Technology Khabar | २५ बैशाख २०८०, सोमबार
सुन्दर पिचाईदेखि स्टीभ वोज्नियाकसम्म- एआईको बारेमा विज्ञहरूले के भने?

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)  द्रुत रूपमा विकसित हुँदै गर्दा यस क्षेत्रका  विशेषज्ञहरू एआईको सम्भावित बढ्दो खतराको बारेमा चिन्तित भइरहेको बताइएको छ। संसारमा क्रान्ति उत्पन्न गर्ने एआई प्रविधीको विकास सँग सँगै यसका बढ्दा खतराहरूले विशेषज्ञहरूमा चिन्ता पैदा गरेको बताइएको हो।

एप्पलका सह संस्थापक स्टिभ वोज्नियाकले सीएनएनसँगको अन्तर्वार्तामा प्रविधिलाई सुस्त बनाउन आवश्यक रहेको भन्दै विभिन्न डोमेनहरूमा कृत्रिम बुद्धिमत्ता एआईको द्रुत विकास र सम्भावित दुरुपयोगको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनले आफु एआईको उपलधिको बारेमा चिन्तित नभएको बरु प्रविधि गलत हातमा पर्न सक्ने बारे चिन्तित रहेको बताए ।

उनले भने ‘सबै शक्तिशाली टेक्नोलोजी यसको राम्रो र खराबको अंशको साथ आउँछ, त्यसैले प्राविधिक समुदाय जिम्मेवार हुन आवश्यक छ र जनतालाई के आउँदैछ मद्दत गर्न लागि तयार रहनआवश्यक छ।’

बोज्नियाक, जो मार्चमा खुलापत्रमा हस्ताक्षर गर्ने मध्येका एक व्यक्ति थिए जसले एआई कम्पनीहरूलाई ६ महिनाको लागि आफ्नो टेक्नोलोजीहरूमा विकास रोक्नसमेत अनुरोध गरेका थिए, उनले आफ्नो लागि नाम बनाउन चाहने र आफ्नैलागि पैसा कमाउन चाहने ब्यक्तिहरुको एआईको वर्तमान प्रयोगबाट आफु निराश भएको बताएका थिए।

एप्पलका सह संस्थापक वोज्नियाकदेखि गुगल डिपमाइन्डका सीईओ डेमिस हसबिससम्मका विचारशिल नेताहरूले यस शक्तिशाली प्रविधिको जिम्मेवार विकास र नैतिक प्रयोगको आवश्यकतालाई हाइलाइट गर्दै एआईको भविष्यका बारेमा आफ्नो दृष्टिकोण साझा गरेका छन्।

तिमनित गेब्रु , एक प्रख्यात एआई नैतिकतावादी तथा बितरित कृत्रिम बुद्धिमत्ता अनुसन्धान संस्थान (डिएआईआर) को संस्थापकले कृत्रिम सामान्य बुद्धिमत्ता (एजिआई) र मेसिन लर्निङ एल्गोरिदमको पूर्वाग्रहको खतराहरुबारेमा चेतावनी दिइन्। फेब्रुअरी २०२३ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा एक व्याख्यानमा, गेब्रुले कुनै पनि कार्य गर्नसक्ने प्रणाली निर्माण गर्ने विचारको आलोचना गरे। उनले यसको जरा युजेनिक्स र ट्रान्सह्युमनिज्ममा भएको बताए। यस्तो व्यवस्थाबाट कसलाई फाइदा हुन्छ र कसलाई नोक्सान हुन्छ भन्ने प्रश्न पनि उनले उठाएको बताइएको छ।

गेब्रुले श्रमको शोषण तथा टेक्स्ट टू इमेज मोडेल र ठूला भाषा मोडेलहरू  जस्ता एआई प्रविधिहरू पछाडिको दुरुपयोगको सम्भावनालाई पनि उजागर गरेको बताइएको छ। ठूला भाषा मोडेलहरूको जोखिममा रहेको एउटा पेपर फिर्ता लिन अस्वीकार गरेपछि उनलाई २०२० मा गुगलबाट निकालिएको थियो। गेब्रु विविधता तथा समावेशीकरणलाई बढावा दिने गैर नाफामुखी संस्था ‘ब्ल्याक इन एआईका’ सह संस्थापक रहेको पनि बताइएको छ।

त्यस्तै जेफ्री हिन्टन, एक प्रख्यात कम्प्युटर वैज्ञानिक तथा कृत्रिम बुद्धिमत्ता एआई का अग्रणीले पनि , एआई च्याटबटको सम्भावित खतराहरु बारे चेतावनी दिन गुगलमा आफ्नो जागिर छोडेको बताइएको छ। एआईका गडफादर भनेर चिनिने हिन्टनले बीबीसीमार्फत आफ्ना केही काममा पछुतो भएको तथा एआई प्रणालीले चाँडै नै मानव बुद्धिमत्तालाई पार गर्ने भन्दै दुर्भावनापूर्ण उद्देश्यका लागि खराब व्यक्तिद्वारा एआईको दुष्प्रयोग हुने डर भएको पनि बताएका थिए। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उदाहरण उद्धृत गर्दै जसले युक्रेनीहरूलाई हानि पुर्याउन एआई रोबोटहरू प्रयोग गर्न सक्ने पनि बताए।

साथसाथै हिन्टनले जीपीटी ४ जस्ता एआई च्याटबोटलाई उनले विकास गर्न मद्दत गरे, जो कुनै पनि मानिसको तुलनामा धेरै ज्ञानयुक्त छ र छिटो सिक्न र जानकारी साझा गर्न सकिने भन्दै एआई एक नयाँ र राम्रो प्रकारको बुद्धिमत्ता भएको जुन सामान्य मानवको भन्दा निकै नै फरक बुद्धि रहेको पनि बताए ।

त्यस्तै द वाल स्ट्रिट जर्नलसँगको भर्खरको अन्तर्वार्तामा, गुगल डीपमाइन्डका सीईओ डेमिस हसबिले एआईले आगामी पाँच वर्षमा मानवस्तरको संज्ञानात्मक क्षमताहरू हासिल गर्न सक्ने बताएका छन्। उनले मिडिया आउटलेटको ‘फ्युचर अफ एभरिथिङ फेस्टिभल’ मा बोल्दै एआई अनुसन्धानको गति पहिले भन्दा द्रुत गतिबाट पनि बढ्न सक्छ। उनले विगत केही वर्षहरूमा भएका अविश्वसनीय प्रगतिहरू देखेर आश्चर्यचकित भएको र आफूले सुस्त हुने कुनै संकेत नदेखेको पनि बताए।

उता गुगलका सीईओ सुन्दर पिचाईले सीबीएसको ६० मिनेटमा हालैको अन्तर्वार्तामा आर्टिफिसियल इन्टेलिजेन्सको भविष्यबारे आफ्नो विचार साझा गरेका छन्। उनले एआई मानव प्रकृतिले अनुमति दिए जस्तै राम्रो वा खराब हुने तथा समाजले प्राविधिक परिवर्तनको तीव्र गतिको लागि तयार हुन आवश्यकरहेको बताएका छन्। उनले भाषण, ब्लग पोष्टहरू र इमेलहरू जस्ता सामग्री उत्पन्न गर्न सक्ने गुगलको नयाँ च्याटबोट, बार्ड पनि प्रदर्शन गरेको बताइएको छ।

बार्ड मानिसलाई साथी जस्तै, रचनात्मकता, सत्य, त्रुटि, या झूट बोल्न सक्ने आत्म सिकाइएको कार्यक्रम रहेको बताइएको छ। पिचाईले बार्डको उद्देश्य मानव लेखकहरूलाई प्रतिस्थापन गर्ने नभएर उनीहरूलाई विचारहरू मंथन गर्न तथा प्रेरित गर्न मद्दत रहकेको बताएका छन् साथसाथै उनले गुगल एआईलाई जिम्मेवार र नैतिक रूपमा विकास गर्न प्रतिबद्ध रहेको तथा अन्य कम्पनीहरूले पनि यसलाई पछ्याउने विश्वास रहेको बताएका छन।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...