एआई रेस कसले जित्ला? गुगल इन्जिनियर भन्छन्, ‘गुगल वा माइक्रोसफ्ट नभई ओपन सोर्स चुनौती’

  • Technology Khabar | २५ बैशाख २०८०, सोमबार
एआई रेस कसले जित्ला? गुगल इन्जिनियर भन्छन्, ‘गुगल वा माइक्रोसफ्ट नभई ओपन सोर्स चुनौती’

काठमाडौं ।

जेनेरेटिभ एआई युगको सुरुवातसँगै ठूला प्राविधिक कम्पनीहरूबीचको प्रतिस्पर्धा नयाँ उचाइमा पुगिरहेको छ। कतिपयले यसलाई एआई युद्ध समेत घोषणा गरेको बताइएको छ। यसबाट हेर्दा माइक्रोसफ्टको एआई संचालित उत्पादनहरू जस्तै ‘बिङ च्याट’ र ‘ईमेज क्रियटर’का अग्रपंक्तिमा रहेको देखिएको छ।

यसैबीच, गुगल निकै पछाडि रहेपनि यसले ‘स्ट्यान्डअलोन जेनेरेटिभ एआई’ लन्च गर्न तथा यसको सबैभन्दा ठूलो उत्पादन, गुगल सर्चमा प्रविधि जोड्न बाँकी रहेको बताइएको छ। यद्यपि, गुगलका एक वरिष्ठ सफ्टवेयर इन्जिनियरले सर्च इन्जिनको डर माइक्रोसफ्ट या ओपन एआईसँग नभएर ओपन सोर्ससँग रहेको दाबी गरेका छन्।

गुगलका वरिष्ठ सफ्टवेयर इन्जिनियर र बेटर इन्जिनियरिङका संस्थापक ल्यूक सेर्नाउले एउटा डकुमेन्टमा गुगल र ओपन एआई ‘एआई हतियार’ दौड जित्ने अबस्थामा नरहेको भन्दै गुगलको ओपनएआईसँगको प्रतिद्वन्द्वले कम्पनीलाई ओपन सोर्स प्रविधिमा भइरहेको द्रुत विकासबाट विचलित गरेको तथा उक्त द्वन्द्वबाट ओपन सोर्सले चुपचाप फाईदा लिइरहेको पनि बताएका छन्।

सेर्नाउको उक्त भनाई डकुमेन्टको एक हिस्सा थियो जुन अप्रिलको शुरुमा गुगलको इन्टरनेट प्रणालीमा प्रकाशित भएको थियो। त्यतिबेला देखि, उक्त कागजात गुगलमा हजारौं पटक साझा गरिएको छ। रिपोर्टका अनुसार उक्त विषय मे ४ मा, कन्सल्टिङ फर्म ‘सेमी एनलाइसी’ द्वारा प्रकाशित गरिएको थियो, र त्यसपछि सिलिकन भ्यालीमा पनि प्रसारित भएको छ।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार