आगामी बजेटमार्फत सूचना प्रविधिलाई उद्यमको रुपमा विकास गरिने

  • Technology Khabar | २४ बैशाख २०८०, आईतवार
आगामी बजेटमार्फत सूचना प्रविधिलाई उद्यमको रुपमा विकास गरिने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्ने भएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आज बिनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सूचना प्रविधिलाई उद्यमको रुपमा विकास गर्ने घोषणा गरेका हुन्।

उनले उद्यमशीलतालाई प्राथमिकतामा राखि स्टार्टअपलाई प्रोत्साहन गर्नेगरी नयाँ उद्यमीलाई आकर्षित गरिने समेत बताए।

“सूचना प्रविधिको व्यवसायीकरणका कार्यक्रम संचालन गरी सेवा निर्यात बढाईने छ,” अर्थमन्त्री डा. महतले भने, “मूलुकको आर्थिक रुपान्तरणमा डिजिटल प्रविधिको महत्व युवा आकर्षणलाई ध्यानमा राखि यसको उपयोग र विकासलाई प्राथमिकताका साथ अगाडि बढाईने छ।

उनले सामाजिक संजालमा आधारित संचारलाई औपचारिकरुपमा आउन समेत प्रेरित गरिने गरी बजेट ल्याउने जानकारी दिए।

यसका साथै सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवालाई सहज र पहूँचयोग्य बनाईने समेत उनले घोषणा गरे।

प्रकाशित: २४ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार