प्रतिनिधिसभा बैठकमा विद्युतीय हाजिरी गर्ने तयारी

  • Technology Khabar | २४ बैशाख २०८०, आईतवार
प्रतिनिधिसभा बैठकमा विद्युतीय हाजिरी गर्ने तयारी

काठमाडौं ।

प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ।

प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले चालु अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो। सांसदहरूले हाजिर गरेर हिँड्ने प्रवृत्ति भएको भन्दै समितिको बैठकमा इलेक्ट्रिक हाजिरीको व्यवस्थाका बारेमा बैठकमा छलफल भएको हो।

हालसम्म सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो। बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक गर्ने समितिले निर्णय गरेको छ।

सभामुख देवराज घिमिरेकाअनुसार विद्युतीय हाजिरीले उपस्थित र अनुपस्थित सांसदबारे जानकारी दिने निकै सजिलो हुनेछ। उनले यसको तयारी थाल्न समेत भनेका छन्।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो।

आज अपराह्न ४ बजेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै छ।

प्रकाशित: २४ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार