आईफोन १५ प्रोमा सोलिड–स्टेट बटन्स फिचर नहुने सम्भावना

  • Technology Khabar | २४ बैशाख २०८०, आईतवार
आईफोन १५ प्रोमा सोलिड–स्टेट बटन्स फिचर नहुने सम्भावना

काठमाडौं ।

गत वर्ष देखि आइरेहेको चर्चाअनुसार एप्पलको आईफोन १५ प्रोमा टच–सेन्सेटिभ सोलिड–स्टेट बटन्स राखिने व्यापक रूपमा अपेक्षा गरिएको छ। तर एप्पलले कम्तिमा पनि अर्को वर्षसम्मलाई आईफोनको फिजिकल बटनहरू प्रतिस्थापन नगर्ने जस्तो देखिएको छ।

म्याकरुमर्सले भेटेको सेयरहोल्डरलाई पठाएको पत्र अनुसार एप्पल आपूर्तिकर्ता सिरस लोजिकले “हामीले अघिल्ला शेयरधनी पत्रहरूमा उल्लेख गरेअनुसार नयाँ उत्पादनलाई यस जाडो याममा प्रस्तुत गरिने र निर्धारण गरिएको योजना अनुसार बजारमा नआउने अपेक्षा गरिएको” बताएको इनग्याजेटले लेखेको छ।

सिरस आईफोनको ट्याप्टिक इन्जिनमा समावेश गरिने सिमित कम्पोनेन्टहरू उत्पादन गर्नका लागि सबैभन्दा राम्रोसँग परिचित कम्पनी भएको बताइएको छ। साथै यस फर्मको एप्पल सबैभन्दा ठूलो ग्राहक रहेको र यसले २०२२ मा राजस्वको ७९ प्रतिशत हिस्सा ओगटेको छ।

गत नोभेम्बरमा सिरसले लगानीकर्ता र विश्लेषकहरूलाई नयाँ हाई–पर्फमेन्स मिक्स्ड–सिग्नल (एचपीएमएस) कम्पोनेन्टमा काम गरिरहेको बताएको थियो। साथै उक्त कम्पोनेन्ट ट्यापिक इन्जिन पार्टको क्याटगोरीको रहेको र यो २०२३ को कुनै पनि समयमा स्मार्टफोनमा आउने बताएको थियो। यो हप्ता भने सिरसले उत्पादनको भविष्यमा “लिमिटेड भिजीबिलिटी” रहेको बताएको छ।

आईफोन १५ प्रोमा सोलिड–स्टेट बटन्सको सेट फिचर गरिने भन्ने बारेमा रिपोर्टहरू एप्पल विश्लेषक मिंग ची कुओबाट आएको र उनले पछिल्लो मौसममा कम्पनीले आफ्नो अर्को फ्ल्यागशिप फोनमा फिजीकल भोल्युम र पावर बटनहरूलाई टच–सेन्सेटिभ बटनहरूले प्रतिस्थापन गर्ने योजना गरिरहेको बताएका थिए।

गत महिना कुओले आफ्नो पूर्वानुमान परिमार्जन गरे र एप्पलले “बृहत् उत्पादन अघि प्राविधिक समस्याहरू नसुल्झिएको” कारणले योजनाहरू परिवर्तन गर्ने निर्णय गरेको उल्लेख गरेका थिए।

प्रकाशित: २४ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार