
काठमाडौं ।
स्थानीयस्तरमा निर्माण हुने चलचित्र अनलाइनबाट नै दर्ताको व्यवस्था गर्न थालिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताएका छन्।
चलचित्र पत्रकार सङ्घ दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताए।
स्थानीयस्तरमा निर्माण गरिएका वृत्तचित्र, चलचित्र दर्ताका लागि बोर्डमै जानुपर्ने बाध्यता अन्त्यका लागि अनलाइनबाटै व्यवस्था गर्न थालिएको उनले बताए। प्रवक्ता बुढाथोकीले छोटा वृत्तचित्रले समेत विश्वमै उत्कृष्ट अवार्ड जित्न सफल भइरहेको अवस्थामा चलचित्र विकास बोर्डले समेत त्यस्ता चलचित्रलाई दर्ता प्रक्रियामा लैजान थालेको बताए। गोरखापत्रबाट
प्रकाशित: २४ बैशाख २०८०, आईतवार