
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ आज बैशाख २१ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिता नेपाली समयअनुसार ५ः४५ बजेदेखि शुरु हुनेछ।
साउथ एशिया क्षेत्रका उत्कृष्ट पब्जी टिमहरु कुल पुरस्कार १ लाख ५० हजार अमेरिकी डलरका लागि ७ मेदेखि १४ मेसम्म प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगितामा नेपाल, पाकिस्तान र मंगोलियका गरी कुल २० टिमको सहभागिता छ। पाकिस्तनाबाट ८ टिम, नेपालबाट ७ टिम र मंगोलियाका ५ टिमले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल र मंगोलियका टिम पब्जी मोबाइल प्रो लिग साउथ एसिया र पाकिस्तानका टिम पब्जी मोबाइल प्रो लिग पाकिस्टानबाट छनोट भएका हुन्। प्रतियोगिता लिग र फाइनल गरी दुई चरणमा विभाजन गरिएको छ।
लिग चरणमा शीर्ष १६ स्थानमा रहने टिम फाइलनका लागि छनोट हुनेछन्।
लिग चरण मे ४ देखि ७ मेसम्म खेलिनेछ। लिग चरणमा प्रति दिन ५ खेल खेलिनेछ र ४ दिनमा सबै टिमले १६ खेल खेल्नेछन्।
फाइनल ११ मेदेखि १४ मेसम्म हुनेछ।
यस प्रतियोगिताको विजेताले २६ हजार अमेरिकी डलर प्राप्त गर्नुका साथै पब्जी मोबाइल वर्ल्ड लिग इन्भिटेस्नलका लागि छनोट हुनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरुले अंक तालिकाका आधारमा पुरस्कार रकम प्राप्त गर्नेछन्।
प्रकाशित: २१ बैशाख २०८०, बिहीबार