Technology Khabar २१ बैशाख २०८०, बिहीबार
काठमाडौं ।
ओला इलेक्ट्रिकले आफ्नो एक लाख ग्राहकको १३० करोड भारु फिर्ता गर्ने निर्णय गरेको छ। कम्पनीले ओला इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकलाई चार्जर अतिरिक्त रुपमा बिक्री गरेको थियो। भारत सरकारले यसको जाँच गरिरहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
ओलाले ग्राहकलाई चार्जरको अतिरिक्त शुल्क लिएको सम्बन्धमा उद्योग मन्त्रालयले जाँच गरिरहेको छ। ओला इलेक्ट्रिकले एआएएआईलाई पत्र लेखेर चार्जर एक्सेसरीज किनेका ग्राहकलाई रकम फिर्ता दिने जानकारी दिएको छ।
यस्तोमा एआएएआईले ओला माथि कुनै कारबाही अघि बढाउने छैन। ओला इलेक्ट्रिकले सन् २०१९ मा आफ्नो बिक्री सुरु गरेको अवधिदेखि ३० मार्च २०२३ सम्म इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकलाई पैसा फिर्ता गर्नेछ। यो रकम करिब १३० करोड भारु हुनेछ।
ओला इलेक्ट्रिक, एथर एनर्जी, टीभीएस मोटर र हिरो मोटोकर्प माथि सरकारले जाँच गरिरहेको छ। यी कम्पनीले ओईएम फेम–२ स्कीमको लाभ लिनका लागि आफ्नो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ५० हजार भारु भित्र राखेका थिए।
तर चार्जरलाई भने अलग एक्सेसरीजको रुपमा बिक्री गरेका थिए। यस्तो गर्नु गलत भएको सरकारको भनाइ छ। यस्तोमा ग्राहकबाट अतिरिक्त रुपमा लिएको पैसा ती कम्पनीले फिर्ता गर्नु पर्ने सरकारको मान्यता छ। ओला पैसा फिर्ता गर्नका लागि सहमत भएको छ।
फेम–२ स्कीम अनुरुप भारतीय सरकारले इलेक्ट्रिक दुई पांग्रे निर्माता र किन्नेलाई सब्सिडी प्रदान गर्छ। यसका लागि १० हजार करोड भारु विनियोजन गरिएको छ। कम्पनीहरुले यस सब्सिडीको लाभ प्राप्त गर्नका लागि स्कुरको आवश्यक उपकरण छुट्टै बिक्री गर्दै आइरहेका थिए।
ओला इलेक्ट्रिकले भर्खरै आफ्नो एसवान प्रो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ३९ हजार भारुबाट घटाएर १ लाख २५ हजार भारु कायम गरेको छ। जसमा चार्जर र सफ्टवेयर अपडेट पनि छ। विगतमा यो छुट्टै किन्नु पथ्र्यो।
प्रकाशित: २१ बैशाख २०८०, बिहीबार