
काठमाडौं ।
लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होष्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) मा स्थित पूर्वाधारमा २०७९ फाल्गुन २३ गते समस्या सिर्जना भएको भन्दै लोकसेवाले पुन दरखास्त माग गरेको छ।
जीआईडीसीबाट डाटा रिकभरीको कार्य भईरहेको तर प्रक्रिया कहिलेसम्म पुरा हुने र के कति डाटा रिकभरी हुने सम्बन्धमा यकिन गर्न नसकिने व्यहोराको जानकारी प्राप्त भएको भन्दै नयाँ आवेदन माग गरेको आयोगले जनाएको छ।
अनिश्चित कालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापन सम्बन्धी कार्यहरूलाई यथास्थितीमा राखिरहँदा यही २०५० साल जेठ महिना देखि सञ्चालन हुनेगरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसकी आयोगको कार्यतालिका गम्भीर रूपमा प्रभावित हुने र दरखास्त दिई परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरूलाई समेत मर्का पर्न जाने भन्दै आयोगले नयाँ दरखास्त खुलाएको हो।
आयोगको मिति २०७९ वैशाख १४ गतेको निर्णय अनुसार आयोगबाट २०७२ साल मंसिर पुस र माघ महिनामा प्रकाशित अनुसारका विज्ञापनहरूमा दरखास्त दिइ परीक्षा दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी सबै उम्मेदवारहरूबाट मात्र पुन:दरखास्त (Re-Application) माग गरिएको जनाएको छ।
सम्बन्धित उम्मेदवारहरुले २०८० जेठ १८ भित्र पुन: दरखास्त पेश गरी सक्नु पर्नेछ। दरखास्तका शर्तहरु पूर्ण प्रकाशित विज्ञापनमा उल्लेख भए बमोजिम नै हुने बताईएको छ।
आयोगको अनलाइन दरखास्त प्रणाली www.psconlinel.psc.gov.np मा लगईन गरे पश्चात् पुनःदरखास्त (Re Application) मेनुमा क्लिक गरी दिईएको निर्देशन अनुसार यसअघि आफूले दिएको दरखास्त सम्बन्धी विवरण अध्यावधिक गर्न भनेको छ।
“यसपूर्व दरखास्त पेश गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभई लगईन गर्न असमर्थ भएको अवस्थामा यस्ता उम्मेदवारले साविकमा दरखास्त पेश गर्दा आफूले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोली पुन दरखास्त (Re-Application) पेश गर्नुपर्नेछ,” आयोगको सूचनामा भनिएको छ, “यस पूर्व उम्मेद्वारले दरखास्त दस्तुर बुझाएको राजस्व सम्बन्धी विवरण नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) बाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अभ्यावधिक गरिसकिएको हुँदा पुल दरखास्त (Re Application) पेश गर्ने उम्मेदवारले दरखास्त दस्तुर बुझाउनु पर्ने छैन।”
पुन:दरखास्त आव्हान गरिएका विज्ञापनहरुमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापलमा मात्र आवेदन गर्नुपर्नेछ। पुन दरखास्त प्राप्त भएपश्चात साविकमा स्वीकृत भैसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त (Re-Application) स्वीकृत हुने प्रवन्ध मिलाइएको आयोगले जानकारी दिएको छ।
आयोगकाअनुसार साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित दरखास्तहरु जांच गरी यथाशिघ्र स्वीकृतीको कार्य सम्पन्न गरिनेछ। दरखास्त स्वीकृतिको जानकारी सम्बन्धित उम्मेदवारले एसएमएसमार्फत प्राप्त गर्नेछन् । यसरी दरखास्त स्वीकृत भएपश्चात नयाँ रोल नम्बर सहितको प्रवेशपत्र जारी हुनेछ।
यसका साथै राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सो सरह र स्वास्थ्य सेवाका पांच तहका पदका लागि मिति २०७२ / १० / २५ मा प्रकाशित विज्ञापनहरुमा दोब्बर दस्तुरको म्याद कायम रहँदै आयोगको दरखास्त प्रणाली अवरुद्ध हुन गएकोले दरखास्त बुझाउन बाँकी उम्मेदवारहरुका लागि पुनःदरखास्त (Re-Application) को अवधि समाप्त भए पश्चात् निश्चित अवधि तोकी अर्को सूचना मार्फत दरखास्त आव्हान गरिने उल्लेख छ। उक्त विज्ञापनहरुमा साविकमा दरखास्त बुझाई दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुले समेत फेरी दरखास्त पेश गरी दस्तुर बुझाउने व्यवस्था मिलाईने बताएको छ।
साथै आयोगबाट आ.व. २०७९ / २० मा विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी पदहरूका लागि तोकिएको परीक्षा कार्यक्रमहरु परिमार्जन गरी नयाँ परीक्षा कार्यक्रमन प्रकाशन गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरेको छ।
प्रकाशित: २० बैशाख २०८०, बुधबार