अमेरिका, चीन र अन्य बजारमा टेस्ला ईभीको मूल्य बढ्यो

  • Technology Khabar | २० बैशाख २०८०, बुधबार
अमेरिका, चीन र अन्य बजारमा टेस्ला ईभीको मूल्य बढ्यो

काठमाडौं ।

इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाले अमेरिका, चीन, क्यानडा र जापानमा मोडेल ३ र मोडल वाई लगाएतका गाडीका मूल्य बढाएको छ।

कम्पनीको वेवसाइट अनुसार, मंगलबार, चीनमा टेस्लाको मोडेल ३ को मूल्य २३१,९०० चिनीयाँ युआन (३३ हजार ५४९ अमेरिकन डलर) तोकिएको छ, अघिल्लो मूल्य २ लाख २९ हजार ९०० युआन थियो । मोडेल वाई नयाँ मूल्य २ लाख ६३ हजार ९०० युआन तोकिएको पहिलेको तुलनामा २ हजार युआन बढी हो।

त्यस्तै, अमेरिकामा पनि मोडेल ३ र मोडेल वाई सिरिजका कारको मूल्य हाल २५० अमेरिकी डलरले बढाइएको छ। मोडेल ३ को मूल्य ४० हजार २४० अमेरिकी डलर तथा मोडेल वाईको मूल्य ४७ हजार २४० अमेरिकी डलरबाट सुरु भएको बताइएको छ।

टेस्लाले जापान र क्यानडामा पनि आफ्ना केहि कारहरुको मूल्य बढाएको बताइएको छ ।यद्दपि, चीन र युरोप लगायत विश्वभरि मागलाई बढाउनका लागि भएको मूल्य कटौतीको कारण टेस्लाका गाडीहरुको मूल्य यस वर्षको सुरुको तुलनामा भने कम छ । टेस्लाले बजारको आवश्यकता अनुसार मूल्य समायोजन गर्दै आएको छ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार