मोटोरोलाले एनभिजन स्मार्ट टिभी लन्च गर्दै

  • Technology Khabar | २० बैशाख २०८०, बुधबार
मोटोरोलाले एनभिजन स्मार्ट टिभी लन्च गर्दै

काठमाडौं ।

मोटोरोलाले एनभिजन स्मार्ट टिभी लन्च गर्ने भएको छ। टिभी हाल भारतीय बजारमा फ्लिपकार्टमार्फत उपलब्ध हुने पुष्टि गर्दै लन्च पुर्व ब्राण्डले आफ्नो वेबसाइटमा टेलिभिजन सुचिबद्ध गरेको र यसको विशेषताहरु प्रस्तुत गरेको छ।

मोटोरोला इनभिजन स्मार्ट टिभी, मिडिया टेक क्वाड कोर प्रोसेसर द्वारा संचालित भएको र एन्डरोइड ११ आधारित अपरेटिङ सिस्टममा संचालन हुने बताइएको छ। प्रिमियम बेजेल लेस डिजाइन रहेको स्मार्ट टिभी ३२ इन्च, ४३ इन्च र ५५ इन्च तिन ओटा स्क्रिन साइजमा उपलब्ध हुने पनि बताइएको छ।

३२ इन्च भेरियन्टमा एचडी स्क्रिन रिजोल्युसन, ४३ इन्च र ५५ इन्च भेरियन्टमा युएचडी तथा ४३ इन्च भेरियन्टमा एफएचडी स्क्रिन रिजोल्युसन हुनेछ।

टिभीमा भएको इनबिल्ट ग्राफिक्स कार्डले प्रयोगकर्ताहरुलाई गेम खेल्न र इमर्सिभ गेमिङ अनुभवको आनन्द लिन अनुमति दिनुका साथसाथै प्रयोगकर्ताहरुको लागि एक असाधारण सिनेमा अनुभव सुनिस्चित गर्नेछ।उक्त स्मार्ट टिभीको डिस्प्लेले १२.७ मिलियन रंगहरुलाई समर्थन गर्ने तथा १७८ डिग्री दृश्य कोण प्रदान गर्ने बताइएको छ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...