
काठमाडौं ।
रेड्मीले यस वर्ष अर्को पुस्ताको २१० वाट फास्ट चार्जिङ प्रविधि सहितको नयाँ फोन लन्च गर्ने विजडम पिकाचु भनेर चिनिने एक प्रमाणित चिनियाँ इन्साइडरले दाबी गरेको छ।
उक्त प्रविधीले स्मार्टफोन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउने पनि अपेक्षा गरिएको छ। त्यसले प्रयोगकर्ताहरुलाई आफ्नो फोन घण्टाको सट्टा मिनेटमा चार्ज गर्न सक्षम बनाउने बताईएको छ।
इन्साइडरले बताएअनुसार रेड्मी नोट १२ एक्स्प्लोरर एडिसन २१० वाट चार्जिङलाई समर्थन गर्ने पहिलो स्मार्टफोन रहेको थियो । उक्त चार्जिङ स्पीडले ब्याट्रीलाई ८ मिनेटमा पुर्णरुपमा चार्ज गरेको बताईएको छ। त्यो अघिल्लो चार्जिङ गतिको तुलनामा महत्वपुर्ण सुधार रहेको र त्यसअघि फोनको ब्याट्री चार्ज गर्न घण्टौँ लाग्ने गरेको उल्लेख गरिएको छ।
नयाँ फोनको बारेमा थप विवरणहरु भने खुलाईएको छैन तर इन्साइडरले रेड्मी के ६० अल्ट्रा वर्षको दोस्रो भागमा रिलिज गर्ने उल्लेख गरेको छ। इन्साईडरका अनुसार यो फोन स्न्यापड्रयागन ८ जेन २ मा रहेका सबै फ्ल्यागशिपहरु भन्दा बढि शक्तिशाली हुने बताइएको छ। उक्त फोनमा अर्को पुस्ताको २१० वाट फास्ट चार्जिङ प्रविधी हुने बताइएको छ।
साथै इन्साईडरसँग शाओमीको रिलिजहरु सहि रुपमा घोषणा गर्ने प्रमाणिक ट्रयाक रेकर्ड रहेको र अप्रिलमा इन्साईडरले सहि रुपमा शाओमी १३ अल्ट्राको रिलीज र शाओमी प्याड ६ ट्याब्लेटको समान प्रस्तुतिमा घोषणा गरेको पनि बताइएको छ।
रेड्मीको नयाँ फोनमा २१० वाट द्रुत चार्जिङ प्रविधि हुने दाबी गरिएको छ। यो प्रविधिले स्मार्टफोन उद्योगलाई परिवर्तन गर्नसक्ने बताईएको छ।यसले गर्दा फोन चाँडै चार्ज हुने भएकाले लामो समयसम्म फोन चार्ज गर्न आवश्यक नपर्ने इन्साईडरले बताएको छ।
प्रकाशित: २० बैशाख २०८०, बुधबार