वाचओएस १०को विजेटमा केन्द्रित भएर काम गर्दै एप्पल

  • Technology Khabar | २० बैशाख २०८०, बुधबार
वाचओएस १०को विजेटमा केन्द्रित भएर काम गर्दै एप्पल

काठमाडौं ।

एप्पल वाच विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टवाच भएको र हालैका वर्षहरूमा क्युपर्टिनो–बेस्ड टेक्नोलोजी जायन्टबाट आउने सबैभन्दा सफल उत्पादनहरू मध्ये एक भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

हार्डवेयरले उत्पादनको उत्तराधिकारीमा प्रमुख भूमिका खेल्ने गर्दछ। साथै हार्डवेयर बाहेक सफ्टवेयर पनि एक महत्त्वपूर्ण भाग हुनेभएकाले एप्पलले यही (मीठो स्थानमा) स्विट स्पटमा हिट गर्ने गरेको र कम्पनीले यसलाई अपडेटको साथ सुधार गरिरहने उल्लेख गरिएको छ।

कम्पनीले हाल वाचओएसको नयाँ संस्करणमा काम गरिरहेको बताइएको छ। यस नयाँ अपरेटिङ सिस्टमले एप्पल वाच लाइनअपलाई पावर गरेको छ। त्यसैगरी आगामी वाचओएस १० ले स्मार्टवाचमा विजेटहरू ल्याउनेछ।

मार्क गुरम्यानको एक रिपोर्टको अनुसार वाचओएस १० एप्पलको सबैभन्दा ठूलो सफ्टवेयर अपडेटहरू मध्ये एक हुने र यसले डिभाइसहरुको काम गर्ने तरिकामा आधारभूत परिवर्तनहरू ल्याउने बताइएको छ। ग्ल्यान्सेस फिचरबाट छुटकारा पाएपछि, कम्पनीले अब विजेटहरू फिर्ता ल्याउने र विजेटहरु इन्टरफेसको केन्द्रीय भाग बन्ने बताइएको छ।

उक्त नयाँ विजेट स्सिटम आईओएस १४ मा प्रस्तुत विजेटहरूको शैली र ग्ल्यान्सेसको संयोजन हुने गुरमानको दाबी रहेको छ । प्रयोगकर्ताहरूले एप खोल्नुको सट्टा जानकारी प्राप्त गर्न विभिन्न विजेटहरू मार्फत स्क्रोल गर्न सक्षम हुने उल्लेख गरिएको छ। साथै यो फिचर वाचफेसको लागि ओभरलेको रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

यद्यपि कम्पनीले अहिलेसम्म यसको पुष्टि नगरेको भएतापनि आगामी एप्पल वाचओएस १० यस वर्ष जुनमा हुने वर्ल्डवाइड विकासकर्ता सम्मेलन (डब्ल्यूडब्ल्यूडीसी) मा घोषणा गरिने अपेक्षा गरिएको छ। साथै यसलाई यस वर्षको अन्त्यमा एप्पल वाच सिरिज ९मा रोल आउट गरिने र त्यसपश्चात पुराना मोडेलहरूका लागि पनि उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...