
काठमाडौं ।
सूचना प्रविधि उपकरणको आयातमा लाग्ने कर घटाउनेतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पहल गर्ने संकेत गरेकी छिन्। छैठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि उपकरणको आयातमा मदिरा र सुर्ति जन्य पदार्थको जस्तो कर लगाउन नहुने बताएकी छिन्।
‘कुनै समयमा सूचना प्रविधिलाई मनोरञ्जनको सामान ठानियो होला,’ मन्त्री शर्माले भनिन्, ‘आजको दिनमा सूचना प्रविधि अत्यावश्यक माध्यम भइसकेको छ।’
सूचना प्रविधिलाई अत्यावश्यक साधान र माध्यमको रुपमा विकास गर्नमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
सूचना प्रविधि हरेक नागरिकको आधार बन्दुका साथै प्रयोगबाट आम नगरिकको जीवनमा सकारात्मक परिवर्तन आइरहेको छ। सेवा प्रवाह परदर्शी सहज, छिटो सरितो हुनका साथै लागत कटौतीमा मद्दत पुगेको उनले बताइन्।
राज्यले नागरिकालाई उपलब्ध गराउने सेवा सूचना प्रविधि मैत्री हुँदै गइरहेको छ। नागरिकले आर्थिक कारोबार सहित अत्यावश्यक सेवा अनलाइन मार्फत घरबाटै पाउन सक्ने अवस्थाको सिर्जना भएको छ।
यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नगरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापना गर्नु सरकारको दाहित्व भएको उनले बताइन्। हो। सञ्चार र सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजक हुनु पर्नेमा उनको जोड छ।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार