
काठमाडौं ।
साइबर सुरक्षा सम्बन्धि जानकारी प्रदान गर्न सरकारले केन्द्रिय सर्ट वेबसाइट लन्च गरेको छ।
छैठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज मंगलबार एक कार्यक्रमका बीच केन्द्रिय सर्ट वेबसाइट nitert.gov.np लन्च गरेकी हुन्।
सरकार केन्द्रिय सर्ट स्थापना गर्ने क्रममा छ। र उक्त समूहको आधिकारिक वेबसाइट nitert.gov.np लन्च गरिएको हो।
यो केन्द्रिय तहको सर्ट भएको र यसलाई एनपी सर्ट पनि भनिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले बताए।
यस वेबसाइटको माध्यमबाट साइबर हाइजिन तथा विश्वव्यापी साइबर सुरक्षा सम्बन्धि समाचार तथा लेखहरु पढ्न सकिनेका साथै साइबर घटना, फिसिङ आक्रमण वा प्रयास सम्बन्धि रिपोर्टिङ गर्न सकिने सहसचिव दत्तले जानकारी दिए।
यसका साथै समूहबाट जारी भएका एडभाइजरीहरु पनि पढ्न सकिने लगायतका सुविधाहरु यसमा रहेका छन्।
यस वेबसाइटमा रहेको प्लेटफर्मको माध्यमबाट विभिन्न आईपी एड्रेस, यूआरएल, लिंकहरुको स्क्यान गर्ने सुविधा पनि छ। उक्त स्क्यानरले एन्टिभाइरस स्किन प्रयोग गरेर मालवेयर, मालिसियस सामाग्रीका प्रकारहरु पत्ता लगाउने र शंकास्पद फाइल र यूआएलहरुलाई विश्लेषण गर्ने उनको दाबी छ।
यस वेबसाइटबाट साइबर सुरक्षा सम्बन्धि विषयमा सबैलाई फाइदा पुर्याउने विश्वास सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले लिएको जनाएकाो छ।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार