
काठमाडौं ।
हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी क्रेटा इलेक्ट्रिक भर्सनमा आउने भएको छ। मिड साइड इलेक्ट्रिक क्रेटा भर्सन २०२५ मा डेब्यु गर्ने सम्भावना छ।
सार्वजनिक भइनसकेको क्रेटा इलेक्ट्रिक रोड टेस्टको दौरान भारतको तमिलनाडुमा देखिएको छ।
डिजाइन र लुक
कारवाले डटकमका अनुसार कार टेस्ट ड्राइभको समयमा पूर्ण रूपमा लुकेको थियो। रिपोर्टका अनुसार, देखिएको मोडेलमा एक यूनिक ग्रे रंगको पेन्ट कार्य थियो जुन अवस्थित भर्सनको लागि प्रस्ताव गरिएको छैन।
अगाडि र पछाडिका बम्परहरू, तथापि, गाडीको बाँकी बडी भन्दा फरक रंगको सेड थियो।
यसबाहेक, परीक्षण भर्सनमा एक्जस्ट र रेडिएटरमा छुटेको जस्तो देखिन्थ्यो, रिपोर्टमा उल्लेख छ।
पावरट्रेन
क्रेटा ईभी ५५ देखि ६० किलोवाट ब्याट्री प्याकमा उपलब्ध हुन सक्छ। जसले सिंगल चार्जमा ५५० किलोमिटर रेञ्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। अनुमान गरिएको अर्को विकल्प भनेको १०० किलोवाटकारे इलेक्ट्रिक मोटर हो जसले १३६ बीएचपी अधिधकतम पवार आउटपुट र ३९५ एनएम पीक टर्क जेनरेट गर्छ।
फिचर
न्युज१८ का अनुसार ईएसयूभीमा मल्टि फक्सनिङ स्टेयरिङ ह्वील, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पानोरामिक सनरुफ, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पुश स्टार्ट÷स्टप बटन लगायत फिचर छन्।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार