
काठमाडौं ।
हालैको अनुसन्धान प्रतिवेदनमा, आईफोन १३, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स सन् २०२३ को लागि चीनमा सबैभन्दा बिक्री हुने मोबाइल फोन हुन्।
यद्दपी, एउटा नयाँ रिपोर्टले चीनका युवाहरुले अब आईफोन किन्दैनन् भन्ने दाबी गरेको गीगचाइनाले उल्लेख गरेको छ।
आईफोनको राम्रो बिक्री हुँदाहुँदै पनि चिनियाँ युवा खरिदकर्ताहरु यसमा निकै चासो दिँदैनन्। वित्तीय वर्ष २०२३ को पहिलो त्रैमासिकको लागि एप्पलको वित्तीय प्रतिवेदन अनुसार, आईफोनबाट आय अमेरिकी डलर ६५.७७५ बिलियन डलर थियो।
यो अघिल्लो वर्षको सोहि अबधिमा ७१.६२८ बिलियनको तुलनामा ८ प्रतिशतले घटेको हो। साथै ग्रेटर चिनमा यसको शुद्ध राजस्व २३.९०५ बिलियन थियो। अघिल्लो वर्षको सोही अवधिमा २५.७८३ अर्ब डलरको तुलनामा यो ७ प्रतिशतले वार्षिक गिरावट हो।
नान्चाङ युनिभसर्सिटीको स्कुल्स अफ इकोनोमिक्स एण्ड म्यानेज्मेन्टका लुओ हाओले भनेका छन् ‘आईफोन १४ होस्, आईफोन १४ प्रो या म्याक्स बजारमा रहेका अन्य प्रतिद्वन्दीका सामानका तुलनामा यसका प्रतिस्पर्धात्मकरुपमा फाईदायुक्त प्रविधि अब देखिँदैनन्।आईफोन १३ को सुधारिएको संस्करणको रुपमा, आईफोन १४ ले धेरै प्रगति गरेको छैन, त्यसैले उपभोक्ताको अनुभव र भावना राम्रो छैन।’
चीनका युवा प्रयोगकर्ताहरुमाझ आईफोनहरु लोकप्रिय छैनन्
लुओ हाओको ग्रेटर चाईनाका युवाहरुको खर्च गर्ने शैलीको विश्लेषण अनुसार युवाहरु आईफोन किन्न इच्छुक हुने अबस्थामा छन्। यो एप्पल फोन किन्ने युवाहरुमा आएको गिरावटको सम्बन्धमा हो। उनी सोच्छन् की एउटा प्रमुख पक्ष भनेको आजका युवाहरु विशेष गरी २००० को दशकमा जन्मेकाहरु सन् १९८० र १९९० को युवाहरुको तुलनामा खर्च गर्ने दृष्टिकोणमा फरक छन्।
उनी भन्छन् “तिनीहरु अधिक यथार्थवादी छन्। र हामीले यी सन् २००० पछिकाहरुलाई पनि ध्यान दिएका छौँ। तिनीहरुले ठिक विपरित विदेशी कम्पनीहरुलाई सम्मान गर्ने सवालमा १९६० र १९७० को दशकमा जन्मेकाहरुको तुलनामा स्वदेशी ब्राण्डहरु लोकप्रिय बनाएका छन्।”
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार