
काठमाडौं ।
सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा)सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन्।
दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटरले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो। यो यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ।
६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए। उनले सम्पूर्ण यात्राको दौरान चार्जिंग खर्च रु ६५० मात्रै खर्चिएका थिए।
यस किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरुमा वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवर्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्साहन दिएको छ। सेगवे इलेक्ट्रिक स्कुटर ई १०० यात्रा अवधि भरि एक भरपर्दो र प्रभावशाली साथी साबित भएको छ।
यात्रा आवाधी भरि,सेगवे इ १०० को कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण,उच्च गति परीक्षण,अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अप–हिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो
धिरेनले यो साहसिक यात्रा सुरु गर्नु अघि सोही स्कुटर, सेगवे काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए। यसै गरि उनले सेगवे सेगवे एन१०० को पनि काठमाडौंदेखि पोखरासम्मको यात्रा गरि परीक्षण गरेका थिए।
यस यात्राको सबैभन्दा प्रभावशाली पक्ष मध्ये एक न्यूनतम वातावरणीय प्रभाव हो।
सेगवे ई१०० इलेक्ट्रिक स्कूटरमार्फत पूर्व देखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्वपूर्ण कोसेढुङ्गा हो र यसले विद्युतीय सवारी साधनहरूको क्षमतालाई प्रदर्शन गर्दछ। धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्पहरू विस्तार गर्दै यातायातको स्वच्छ, हरियाली मोडहरू तर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ।
सेगवे ई१००
सेगवे ई१०० प्रति घण्टा ६० किलोमिटरको अधिकतम गति र उत्कृष्ट सुरक्षा सुविधाहरू भएको इलेक्ट्रिक स्कुटर हो। यसमा डुअल डिस्क ब्रेक, टिकाउ सस्पेन्सन प्रणाली र एलईडी डिस्प्ले जस्ता उन्नत सुविधाहरू छन्। स्कुटरको आरामदायी सिट र फराकिलो कार्गो बक्सले सवार र सामान ढुवानी गर्ने दुवैलाई सुरक्षित सवारी प्रदानगर्ने सेगवे ई१०० नेपाली बजारमा उपलब्ध छ। आईहबप्रा. लिमिटेड नेपालमा सेगवेको लागि आधिकारिक वितरक हो।
प्रकाशित: १८ बैशाख २०८०, सोमबार