सामसङले ग्यालेक्सी वाच ५ सिरिजको लागि स्किन टेमप्रेचर फिचर्समा काम गर्दै

  • Technology Khabar | १८ बैशाख २०८०, सोमबार
सामसङले ग्यालेक्सी वाच ५ सिरिजको लागि स्किन टेमप्रेचर फिचर्समा काम गर्दै

काठमाडौं ।

गत हप्ता सामसङले ग्यालेक्सी वाच५ र वाच५ प्रोमा स्किन टेमप्रेचर सेन्सर इनेबल गरेको छ। ग्यालेक्सी वाच ५ सिरिजमा उक्त फिचर सक्षम गर्नका लागि सामसङलाई धेरै महिना लागेको उल्लेख गरिएको छ। साथै उक्त सेन्सरहरू हाल स्किन टेमप्रेचर (छालाको तापक्रम) मा आधारित साईकल ट्र्याकिङ फिचरको लागि मात्र प्रयोग गरिएको छ।

यो मात्र सुरुवात भएको भन्दै सामसङका एक अधिकारीले कम्पनीको कोरियाली फोरममा थप तापक्रम–आधारित फिचरहरू विकास भइरहेको र भविष्यमा सफ्टवेयर अद्यावधिकहरूका साथ प्रदान गरिने छ।

यद्यपि रिलिजको समय भने निश्चित नभएको बताइएको छ। त्यसैगरी यस प्रकारको हेल्थ–ट्र्याकिङ फिचर्सको लागि प्रत्येक क्षेत्रका स्थानीय अधिकारीहरूद्वारा प्रमाणीकरण आवश्यक हुन सक्ने भएकाले यसको प्रगतिमा यति धेरै ढिलाई भएको उल्लेख छ।

वाचमा समावेश गरिने एउटा सम्भावित फिचर भनेको यसले वेयररको हालको तापक्रम मात्र देखाउने बताइएको छ। साथै अहिले रिडिङ्ग पनि नदेखिने र उक्त लुकेको मान घडीको गणनाको लागि मात्र प्रयोग गरिने छ।

नयाँ फिचरहरू आगामी ग्यालेक्सी वाच६ सिरिजको साथ डेब्यू गरिने र त्यसपश्चात वाच५ सिरिजमा पोर्ट–ब्याक गरिने धेरै सम्भावना रहेको उल्लेख गरिएको छ। त्यसैगरी नयाँ मोडलहरू जुलाईको अन्त्यमा अपेक्षित गरिएको जीएसएमएरिनामा उल्लेख गरेको छ।

प्रकाशित: १८ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार