Technology Khabar १८ बैशाख २०८०, सोमबार
काठमाडौं ।
मिडियाटेकको डाइमेन्सिटी ९२०० प्लस नामक अर्को टप–इन्ड चिपसेट आगामी मे १० मा रिलीज गरिने तालिका रहेको छ। यसै क्रममा गीकबेन्च ६ को स्कोर सिट (पाना)मा उक्त नयाँ चिपसेटको प्रभावशाली मल्टि–कोर र सिङ्गल–कोर पर्फमेन्स अनलाइनमा देखा परेको छ। साथै यस नयाँ चिपसेटले वास्तवमा स्न्यापड्रागन ८ जेन २ ले भन्दा राम्रो प्रदर्शन गरेको भनी जीएसएमएरिनामा उल्लेख गरेको छ।
गीकबेन्च ६ सूचीले मल्टि–कोर परीक्षणमा ५,६५५ अंक र सिङ्गल–कोर परीक्षणमा २,१२१ अंकहरू देखाएको दावी गरिएको छ। उक्त अंकहरु परीक्षण गरेका अधिकांश स्न्यापड्रागन ८ जेन २–संचालित स्मार्टफोनहरूको भन्दा धेरै भएको बताइएको छ। अफवाह अनुसार यस चिपसेटले भिभोको एक्स९०एस फ्ल्यागशिप स्मार्टफोनलाई पावर अप र्गे सम्भावाना रहेको उल्लेख गरिएको।
पर्फमेन्स एक्स मोड अन गरिएको खण्डमा मात्र एसस आरओजी फोन ७ अल्टिमेट नामक एक मात्र एन्ड्रोइड ह्यान्डसेटले मल्टि–कोर स्कोर ५,६४१ र सिंगल–कोर १,९९२ स्कोरको साथ डाइमेन्सिटी ९२००+ को नजिक पुगेको बताइएको छ। त्यसैगरी अहिले सम्म, यस सन्दर्भमा डाइमेन्सिटी ९२००+ भन्दा राम्रो प्रदर्शन गर्ने एप्पलको ए१६ बायोनिक एसओसी एक मात्र चिपसेट भएको बताइएको छ।
हालका प्रमाणहरुका अनुसार डाइमेन्सिटी ९२००+ ले ३.३५ गीगाहर्जमा क्लक्ड गरिएको मुख्य कोर कोर्टेक्स–एक्स३, ३.० गीगाहर्जमा टिकिङ्ग गरिएको ३एक्स कोर्टेक्स–ए१७५ कोर्स र अज्ञात क्लक स्पिड भएका ४एक्स सानो कोर्टेक्स–ए५१० कोर्स फिचर गर्ने उल्लेख गरिएको छ।
प्रकाशित: १८ बैशाख २०८०, सोमबार