इलन मस्कको घोषणा- ट्विटरमा समाचार पढ्न पनि लाग्ने पैसा

  • Technology Khabar | १८ बैशाख २०८०, सोमबार
इलन मस्कको घोषणा- ट्विटरमा समाचार पढ्न पनि लाग्ने पैसा

काठमाडौं ।

सामाजिक संजाल ट्विटरका मालिक इलन मस्कले ट्विटर प्रयोगकर्तालाई प्रति लेखको आधारमा शुल्क लिइने बताएका छन्। प्रयोगकर्ताले मासिक सदस्यताको लागी साइनअप नगरेमा आर्टिकल पढ्न अधिक भुक्तान गर्न पर्ने पनि उनले बताए।

मस्कले ट्विट गर्दै निकै ब्यक्तिहरुको लागी यो आयआर्जनको महत्वपुर्ण स्रोत बन्ने तथा प्रयोगकर्ताले राम्रो कन्टेन्ट तयार गर्न समय खर्चिनको लागि बाध्य पर्ने पनि बताएका हुन्।

यसअघि पनि मस्कले भेरिफाईड एकाउन्टमा ब्लु टिक हटाउने घोषणा गरेका थिए । उनले ब्लु टिकको लागी पैसा नदिने प्रयोगकर्ताले ब्लु टिक नपाउने बताएका थिए।

शनिवार मस्कले घोषणा गर्दै आफ्ना मिडिया प्रकाशकहरुलाई आर्टिकल पढ्नको लागी प्रयोगकर्ताबाट चार्ज लिन अनुमति दिने बताएका हुन् । उनले भने, ‘प्रयोगकर्ता बाट प्रति लेखको आधारमा चार्ज लिइने छ। यदि मासिक सदस्यको लागी साइन अप नगरेमा बढि भुक्तान गर्नु पर्नेछ।’

ट्विटमा सुरुमा भेरिफाईड एकाउन्टमा मात्र ब्लु टिक दिने गरिन्थ्यो। कम्पनीले यतिबेला तिन प्रकारका टिक दिइरहेको छ। ट्विटमा सरकार संग सम्बन्धित खाता लाई ग्रे टिक, कम्पनीहरु लाई गोल्डेन टिक र अन्य भेरिफाईड एकाउन्टहरुको लागी ब्लु टिक दिईएको छ।

प्रकाशित: १८ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...