रोजगारी खुलाइएको छैन, सचेत रहन नेपाल टेलिकमको आग्रह

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
रोजगारी खुलाइएको छैन, सचेत रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं ।

नेपाल टेलिकमले रोजगारीका लागि कुनै पनि आवेदन नखुलाएको बताएको छ। नेपाल टेलिकमले रोजगारीका लागि फेसबुक ग्रुप र म्यासेन्जर तथा

ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल मार्फत सूचना प्रवाह भइरहेको छ।
नेपाल टेलिकमले कुनै पनि पदका लागि आवेदन नखुलाएको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ।

‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीका नाम समेत जोड विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ,’ टेलिकमको सूचनामा उल्लेख छ।

साथै कम्पनीले आफ्नो आधिकारिक ब्लु टिक सहितको फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्र आधार मानेर कम्पनीका जानकारीहरुका बारेमा आद्यावधिक हुन समेत अनुरोध गरेको छ। कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक पत्रिका तथा कम्पनीको वेबसाइटमा मात्र सार्वजनिक गर्ने गरेको पनि जानकारी दिएको छ।

 

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार