पब्जी मोबाइल र वर्ल्डलिंकबीच सम्झौता

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
पब्जी मोबाइल र वर्ल्डलिंकबीच सम्झौता

काठमाडौं ।

पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड बीच सम्झौता भएको छ। नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन्।

‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,’ वर्ल्डलिंकका सीईओ केशव नेपालले यस सहकार्यको महत्वलाई जोड दिँदै आज आयोजित पत्रकार सम्मेलनमा भने।

वर्ल्डलिंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर भएको जानकारी दिईयो।

थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्ने बताईएको छ।

जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ,’ सीईओ नेपाले थप बताए।

यस साझेदारीको महत्वबारे बताउँदै टेनसेन्ट साउथ एशिया पब्लिसिङका सहायक निर्माताले भने, ‘मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् ।’

“पीएमजीसीमा डीआरएस, डेडआई गाइज, स्काईलाइट गेमिङ र टी२के लगायत हाम्रा प्रतिभाले पब्जी मोबाइलको लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेको स्पष्ट रूपमा देख्न सकिन्छ। यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ। सीआर७ र ४के गेमिङ लगायत प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो।”

पब्जीका निर्माताले नेपालमा मोबाइल गेमिङ गर्ने जोश र संकल्पलाई आत्मसाथ समेत गर्ने भन्दै यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र भएको बताए।

जानकारीअनुसार साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने छ।

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार