
काठमाडौं ।
गण्डकी प्रदेशमा पदभार ग्रहणलगत्तै बसेको तीन मन्त्रीपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ।
गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सवारीचालक अनुमतिपत्र बितरण प्रक्रिया छिटो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझाबसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्न कार्यदलसमेत गठन गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथलगत्तै बसेको मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो।
यसको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ।
प्रकाशित: १७ बैशाख २०८०, आईतवार