सामसङको नाफामा भारी गिरावट, आम्दानी ८६.१ प्रतिशतले घट्यो

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
सामसङको नाफामा भारी गिरावट, आम्दानी ८६.१ प्रतिशतले घट्यो

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्टफोन तथा इलेक्ट्रोनिक्स कम्पनी सामसङको नाफामा भारी गिरावट आएको छ। उपभोक्ता खर्चमा आएको कमी र माइक्रोचिपको उच्च आपूर्तिका कारण बिक्रीमा आएको कमी प्रमुख कारण रहेको कम्पनीले जनाएको छ। यो विश्वमा स्मार्टफोन र मेमोरी चिप्सको सबैभन्दा ठूलो निर्माता हो।

पहिलो त्रैमासिकमा सामसङको सञ्चालन नाफा घटेर ६४० अर्ब कोरियन वोन पुगेको छ। यो गत आवको सोही अवधिको तुलनामा करिब ९५ प्रतिशतले कम हो ।

कम्पनीको शुद्ध आम्दानी ८६.१ प्रतिशतले घटेर १.५७ लाख करोड कोरियन वोन भयो। यसको बिक्री १८ प्रतिशत घटेर ६३.७५ लाख करोड कोरियन वोनमा पुग्यो।

अर्थतन्त्रको अनिश्चितताका बीच उपभोक्ताले खर्च घटाएको कम्पनीले जनाएको छ । यसबाहेक मेमोरी चिप्सको मागमा आएको कमीले पनि सामसङको व्यवसायलाई असर गरेको छ। कम्पनीको नाफाको झण्डै आधा हिस्सा मेमोरी चिप सेगमेन्टले ओगट्छ।

मेमोरी चिपको मूल्यमा गिरावट र बढ्दो सूचीका कारण आगामी क्वार्टरहरू सामसंगका लागि चुनौतीपूर्ण हुन सक्छ। स्मार्टफोन, पीसी र सर्भरहरूमा प्रयोग हुने डीर्याम (DRAM) मेमोरी चिपहरूको मूल्य पछिल्लो क्वाटरमा लगभग २० प्रतिशतले घटेको छ। यसबाहेक डाटा भण्डारणमा प्रयोग हुने नान्ड (NAND) फ्ल्यास चिप्सको मूल्य पनि १५ प्रतिशतसम्म घटेको छ।

स्मार्टफोन र पर्सनल कम्प्युटर निर्माताहरूले नयाँ चिप्सको खरिदमा कटौती गरेका छन् र बढ्दो मुद्रास्फीतिका कारण प्राविधिक उपकरणहरूको माग कमजोर भएकाले इन्भेन्टरीहरू प्रयोग गरिरहेका छन्। ब्याजदर बढेपछि चिप निर्माताहरूले पनि नयाँ लगानी बन्द गरेका छन्।

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार