
काठमाडौं ।
सामसङले आगामी जुलाईको अन्त्यमा फोल्डेबलको आफ्नो अर्को पुस्ता लन्च गर्नको लागि तयारी गरिरहेको छ। सामसङको उक्त फोन लन्च हुन दुई महिनाको समयमा मात्र बाँकी रहेको छ।
यसै क्रममा पछिल्लो भविष्यवाणी रोस यङ्गबाट आएको बताइएको छ। यङ्गले जेड फ्लिप५को उत्पादन संख्याहरूको बारेमा केही प्रारम्भिक अनुमानहरू साझा गरेका छन्। साथै उनले जेड फ्लिप ५ गत वर्षको जेड फ्लिप४ भन्दा दोब्बर हुने दावी पनि गरे।
गत वर्षको ग्यालेक्सी जेड फ्लिप४को माग आफ्नो पूर्ववर्तीको भन्दा बढी भएको थियो भने जेड फ्लिप५को लागि भने पर्खेर हेर्नु पर्ने बताइएको छ।
सामसङको आगामी क्ल्यामशेल फोल्डेबलमा ठूलो कभर स्क्रिन, लेस प्रोमिनेन्ट स्क्रिन क्रिजको साथ सुधारिएको हिन्ज मेकानिजम, नयाँ क्यामेरा सेन्सर र ग्यालेक्सीका लागि स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरिने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १७ बैशाख २०८०, आईतवार