विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन गर्न राष्ट्र बैंकको प्रभातफेरी कार्यक्रम

  • Technology Khabar | १६ बैशाख २०८०, शनिबार
विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन गर्न राष्ट्र बैंकको प्रभातफेरी कार्यक्रम

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज काठमाडौंमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी–२०८०’ कार्यक्रम आयोजना गर्यो। विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो।

गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरे।

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो।

कार्यक्रममा कार्यक्रममा डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारीसहित छ सयभन्दा बढीको सहभागिता थियो।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवद्र्धन वर्ष’ को रूपमा मनाउने घोषणा गरिएको थियो।

प्रकाशित: १६ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...