नीति उल्लङ्घन गर्ने साढे १५ लाख एपलाई गुगलले प्ले स्टोरमा आउनबाट रोक्यो

  • Technology Khabar | १६ बैशाख २०८०, शनिबार

काठमाडौं ।

सर्च इन्जिन जायन्टले गुगलले १० लाख ४३ हजार भन्दा बढी एपलाई ‘नीति उल्लङ्घन गरेकाले प्ले स्टोरमा प्रवेश गर्नबाट रोकेको छ। गुगलले यसको जानकारी बिहीबार दिएको लाइभमिन्टले लेखेको छ।

कम्पनीले आफ्नो प्ले स्टोर इकोसिस्टममा सामेल हुने नयाँ विकासकर्ताहरूको लागि ‘बार बढाएका’ छ। यसबाट गुगलको नीति उल्लङ्घन गर्ने एपको संख्या प्ले स्टोरमा कमी आएको छ।

बिहीबार एक ब्लग पोस्टमा गुगलले लेखेको छ, ‘हामीले २०२२ मा १० लाख ४३ हजार एपलाई नीति उल्लङ्घन गरेको भनेर गुगल प्लेमा प्रकाशित हुनबाट रोकेका छौं। नयाँ र सुधारिएको सुरक्षा फिचर र नीति सुधार तथा मेसिन लर्निङ सिस्टममा हाम्रो निरन्तर लगानीको संयोजनमा यस्तो हुन सकेको हो।’

गुगलले १ लाख ७३ हजार खराब अकाउन्ट माथि प्रतिबन्ध लगाएको छ। यसबाट ठगी कारोबारमा २ अर्ब डलर बचत भएको छ। एन्ड्रोइड प्लेटफर्मको सुरक्षाको सन्दर्भमा, गुगलले गत घ वर्षको अवधिमा लगभग छ,ण्ण्,ण्ण्ण् एपहरूलाई संवेदनशील अनुमतिहरू पहुँच गर्नबाट रोकेको बताएको छ।

एन्ड्रोइडमा विज्ञापनहरूको सन्दर्भमा, गुगलले गुगल प्ले स्टोरमा ’धोखा र मालिसियस विज्ञापनहरू’ विरुद्ध लड्न काम गरिरहेको छ। साथै कम्पनीले इन–एप प्रयोगकर्ता अनुभव सुधार गर्न र अप्रत्याशित पूर्ण–स्क्रिन इन्टरस्टिसियल विज्ञापनहरू रोक्न मुख्य गाइडलाइन्समा काम गरिरहेको छ।

गुगलले ऋण ठगी विरुद्ध लड्नका लागि गरेका प्रयासहरूमा पनि प्रकाशित गरेको छ। गुगलले भन्यो, ‘गत वर्ष हामीले मुख्य भूगोलहरू–केन्या, नाइजेरिया र फिलिपिन्समा व्यक्तिगत ऋण एपहरूको लागि नयाँ लाइसेन्सको आवश्यकता रोल आउट गरेका छौं। भारतमा ठगी विरुद्ध लड्न ऋण सहजकर्ता एपहरूको लागि थप कडा आवश्यकताहरू ल्याइएको छ।’

प्रयोगकर्ताको डाटा सुरक्षाको बारेमा कुरा गर्दै, गुगलले प्रयोगकर्ताहरूलाई उनीहरूको एप डेटा कसरी सङ्कलन, साझेदारी र प्ले स्टोरमा डाटा सुरक्षा खण्ड प्रयोग गरी सुरक्षित गरिन्छ भन्ने बारे थप स्पष्टता प्रदान गर्ने बताएको छ।

प्रकाशित: १६ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया