म्याटरको इलेक्ट्रिक बाइक भारतमा फ्लिपकार्टबाट बुक गर्न सकिने

Technology Khabar १६ बैशाख २०८०, शनिबार

काठमाडौं ।

इलेक्ट्रिक बाइक निर्माता कम्पनी म्याटरले भारतीय बजारमा ई–कमर्स वेबसाइट फ्लिपकार्टसँग साझेदारीको घोषणा गरेको छ। म्याटरले आफ्नो इलेक्ट्रिक बाइक ऐरा फ्लिपकार्टमा उपलब्ध उपलब्ध गराउने भएको छ। अब ग्राहकले ऐरा इलेक्ट्रिक बाइक फ्लिपकार्टबाट बुक गर्न सक्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

म्याटर ऐरा इलेक्ट्रिक बाइक फ्लिपकार्टबाट किन्न पनि सकिन्छ। ग्राहकले इलेक्ट्रिक बाइक फ्लिपकार्टबाट खरिद गर्दा विभिन्न प्रकारका स्पेशल अफरको पनि लाभ प्राप्त गर्नेछन्। कम्पनीले फ्लिपकार्टका साथै डिजिटल कमर्स र फाइनान्स कम्पनी ओटीओसँग पनि साझेदारी गरेको छ।

ओटीओले नयाँ प्रोडक्टमा फाइनान्सिङको सुविधा उपलब्ध गराउँछ। म्याटर ऐरा चार भेरियन्ट, ऐरा ४०००, ऐरा ५०००, ऐरा ५००० प्लस र ऐरा ६००० मा उपलब्ध छ। कम्पनीले ऐरा ५००० रेञ्जको जानकारी पनि उपलब्ध गराएको छ।

ऐरा ५००० र ऐरा ५००० प्लस मोडको मूल्य क्रमशः १ लाख ४३ हजार ९९९ भारु र १ लाख ५३ हजार ९९९ भारु (एक्स शोरुम) तोकिएको छ। यो मूल्यमा प्यान इन्डिया फेम २ पनि समावेश छ। ऐरा ६००० बाइकले १५० किलोमिटर रेञ्ज प्रदान गर्छ भने बाँकी मोडलको रेञ्ज १२५ किलोमिटर छ।

म्याटर ऐरा नेकेड इलेक्ट्रिक बाइक हो। यो भारतको पहिलो गियर युक्त इलेक्ट्रिक बाइक पनि हो। इलेक्ट्रिक बाइकमा ७ इन्चको डिजिटल एलसीडी, फोरजी कनेक्टिभिटी, फोब र प्यासिब किलेस इन्ट्री सिस्टम दिइएको छ।

यस इलेक्ट्रिक बाइकमा लिक्विड कुल्ड ब्याट्री प्याक, तीन पिन युक्त ५ एम्पियर चार्जर, डबल क्रेडल चेसिस र केक्टेड र इन्टिलिजेन्स प्रविधि दिइएको छ। यसमा एलईडी हेडलाइट, विभिन्न राइड मोड दिइएको छ।

ऐरा ५००० इलेक्ट्रिक बाइकमा १० किलोवाट इलेक्ट्रिक मोटर र ५ किलोवाट आवर ब्याट्री प्याक दिइएको छ। यो बाइक स्ट्यान्डर्ड चार्जरबाट ५ घण्टा तथा फास्ट चार्जरबाट २ घण्टामा फूल चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

प्रकाशित: १६ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया