काठमाडौं ।
लगभग दुई वर्ष अघि आफ्नो एक्सआर२० रग्ड स्मार्टफोन घोषणा गरेको नोकियाले अब उक्त फोनको उत्तराधिकारीको रुपमा नोकिया एक्सआर३० उर्फ नोकिया सेन्ट्री ५जी ल्याउने भएको छ।
विनफ्युचरले कालो र हरियो रङ्गको विकल्पहरूमा रहेको यस नयाँ फोनको आधिकारिक देखिने ईमेजहरू साझा गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
एक्सआर३० को डिजाइन आफ्नो पूर्ववर्ती भन्दा थोरै परिमार्जन गरिएको देखिएको उललेख गरिएको छ। साथै यस नयाँ फोनमा आफ्ना पूर्ववर्तीको जस्तै समान देखिने पन्च–होल डिस्प्लेको साथ हार्ड प्लास्टिकको खोल रहेको जस्तो देखिएको बताइएको छ। त्यसैगरी फोनमा यसको पूर्ववर्ती जस्त एमआईएल–एसटीडी–८१०एच प्रमाणीकरणको साथ आईपी६८ पानी र धुलो सुरक्षा रहने अपेक्षा गरिएको छ।
पावर बटन/फिङ्गरप्रिन्ट रिडर र भोल्युम बटनहरू फोनको दायाँ तर्फ राखिएको र विपरित छेउमा भने एउटा प्रोग्रामयोग्य बटन हुने सम्भावना रहेको छ। फोनमा ८एमपी अल्ट्रावाइड मोड्युलको छेउमा ६४एमपी मुख्य क्यामेरारहने उल्लेख गरिएको छ। साथै १६एमपीको फ्रन्ट–फेसिङ क्याम पंच होल कटआउटमा राखिएको बताइएको छ।
एक्सआर३० ६जीबी र्याम र १२८जीबी स्टोरेजका साथै ३३वाट चार्जिङको साथ ४,६०० एमएएच ब्याट्रीको सहित लन्च गरिने बताइएको छ। यस डिभाइसको मूल्य ४९९ अमेरिकी डलर हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १६ बैशाख २०८०, शनिबार