Technology Khabar १५ बैशाख २०८०, शुक्रबार
काठमाडौं ।
ह्वावेको २० औं ग्लोबल अनालिस्ट सम्मेलनमा ह्वावे आईसीटी स्ट्राटिजी मार्केटिङका अध्यक्ष पेङ सोङले कसरी डिजिटल अर्थतन्त्र आर्थिक वृद्धिको मुख्य इन्धन भएको प्रकाश पारेका छन्।
पेङले भने, “डिजिटल प्रविधि अब विस्तृत दायराको उद्योगहरूको उत्पादन सिनारियोमा गहिरो रूपमा एकीकृत भएको छ जसले डेटालाई उत्पादनमा एउटा नयाँ कारक बनाएको छ र यसले आर्थिक उत्पादकत्वमा ठूलो फड्को मारेको छ”
ह्वावे र जीएसएमएद्वारा प्रकाशित हालैको प्रतिवेदनले अनुमान गरेअनुसार सन् २०२५ सम्म लगभग विश्वव्यापी वृद्धिको ५५% डिजिटल अर्थव्यवस्थाद्वारा संचालित हुनेछ। १७० भन्दा बढी देश र क्षेत्रहरूले डिजिटल रणनीतिहरू विकास गर्दैछन् र २०२६ सम्म विश्वव्यापी डिजिटल रूपान्तरणको खर्च ३.४ ट्रिलियन अमेरिकी डलर पुग्ने ह्वावेले आशा राखेको छ।
ह्वावे डिजिटल प्रोडक्टिभिटि सुधार गर्न र डिजिटल अर्थतन्त्रलाई बढावा दिन ह्वावे डेटा प्रसारण, प्रशोधन र स्टोरेज दक्षता सुधार गर्न ट्रान्समिशन, कम्प्युटिङ र स्टोरेज शक्तिको विकास गर्न प्रतिबद्ध रहेको जनाएको छ।
डिजिटल पूर्वाधार अब नयाँ राजमार्ग
आईसीटी पूर्वाधार र यसले सक्षम गर्ने उद्योग डिजिटलाइजेसनले चौथो औद्योगिक क्रान्तिलाई ड्राइभ गर्न सुरु गरेको छ जसले स्टीम पावर र मेकनाइजेशनले तीन शताब्दी अघि पहिलो औद्योगिक क्रान्ति ल्याए जसरी हामीलाई पूर्ण रूपमा इन्टेलिजेन्ट संसारको नजिक लैजादैछ ।
कनेक्टिभिटी, क्लाउड, एआई, कम्प्युटिङ र उद्योग एप्लिकेशनहरूमा नयाँ प्रविधिहरु मानिस, विभिन्न वस्तु र जानकारीहरू बीच व्यापक इन्टेलिजेन्ट कनेक्सनहरूलाई समर्थन गर्न धेरै तहमा कन्भर्ज गर्दैछन्।
यी नयाँ प्रविधिहरू एक बलियो डिजिटल पूर्वाधारमा निर्मित छन् जसले इन्टेलिजेन्ट कनेक्सनहरू बीचको सूचनाको द्रुत र अति-भरपर्दो प्रवाहलाई सहज बनाउँदछ। आफ्नो किइनोटमा पेङ सोङले डिजिटल पूर्वाधार डिजिटल अर्थव्यवस्था युगको “राजमार्ग” भएको बताए।
५.५ जीमा निरन्तर विकास
कम्पनीकाअनुसार फाइभजीको लो लेटेन्सी र उच्च ब्यान्डविथ विशेषताहरू आजको डिजिटल रूपान्तरणका लागि उत्प्रेरक हुन् । यि उदीयमान २सी र २बी एप्लिकेशनहरूले प्राविधिक रूपमा सम्भव हुने सीमाहरूको निरन्तर परीक्षण गर्दै छन् र ५जी क्षमताहरूमा थप प्रगतिको लागि आह्वान गरिरहेका छन् ।
५.५जीको विकासको विशेषतालाई उकाशन इन्हेन्स्ड मोबाइल ब्रोडब्यान्ड (eMBB), अल्ट्रा-रिलाएबल लो-लेटेन्सी कम्युनिकेसन (URLLC) र विशाल मेशिन-टाइप कम्युनिकेसन्स (MMTC), साथै सेन्सिङ, प्यासिब आईओटी, पोजिसनिङ र इन्टेलिजेन्सका नयाँ क्षमताहरूमा सुधार ल्याउन सकिने बताईएको छ।
ह्वावेले नेक्स्ट जेनेरेसन ५.५जी पूर्वाधारको विकासको नेतृत्व गरिरहेको छ, १०० बिलियन कनेक्सनहरूलाई समर्थन गर्दै र १०-गिगाबिट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ। यो प्रविधिले लेटेन्सी र पोजिसनिङ सटीकतामा १०-गुणा सुधारलाई सक्षम गर्नेछ जसले डिजिटल रूपान्तरणमा अर्को क्रान्तिलाई ड्राइभ गर्ने बताईएको छ।
पेङ सोङले भने, “ह्वावेले ५.५जी, एफ५.५जी र नेट ५.५जीमा सञ्चालित अग्रणी ट्रान्समिसन सुविधाहरू निर्माण गरेर र १०० बिलियन आईओटी र १० गिगाबिट अनुभव भएको नेटवर्क क्षमताहरू निर्माण गर्न थप उन्नत प्रविधिहरू प्रयोग गरेर डिजिटल पूर्वाधार विकास गरिरहेको छ। यी उन्नत प्रविधिहरूले आईओटी सेवाहरूलाई समर्थन गर्न सक्छन् जसले सयौं बिलियन चीजहरू कनेक्ट गर्दछ र १० जीबीपीएस प्रयोगकर्ता अनुभव प्रदान गर्दछ।
दोस्रो, ह्वावेले जेनेरल-परपोज कम्प्युटिङ र एआई कम्प्युटिङ जस्ता विभिन्न कम्प्युटिङ्ग क्षेत्रहरूमा सफलता हासिल गर्नको लागि ठोस कम्प्युटिङ पूर्वाधार विकास गर्न जारी राखेको छ।
“तेस्रो, ह्वावेले सक्रिय रूपमा क्लाउड-नेटिभ एप्लिकेशनहरू विकास गर्दैछ र भरपर्दो स्टोरेज सुविधाहरू निर्माण गरिरहेको छ जसले थप डेटा स्टोरेज गर्न, छिटो प्रसारण गर्न र प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने सुनिश्चित गरोस।”
नयाँ व्यापार फ्रन्टियर्स
उन्नत डिजिटल प्रविधिहरूको ग्रहणले तिनीहरूमा लगानी गर्न इच्छुक व्यवसायहरूको लागि नयाँ अवसरहरू सिर्जना गर्ने क्षमता राख्दछ । यी अवसरहरूमा प्रतिस्पर्धीहरूबाट भिन्नता, दक्षता र उत्पादकता वृद्धि र सुधारिएको ग्राहक अनुभवहरू समावेश छन् ।
५.५जी युगमा प्राविधिक आविष्कारले अपरेटरहरूको लागि ५जी भन्दा नेटवर्क कार्यसम्पादनमा १० गुणा वृद्धि ल्याउनेछ । ह्वावेले यसले अपरेटरहरूलाई पाँचवटा नयाँ व्यापारिक फ्रन्टियर्स खोल्न र नयाँ व्यापार अवसरहरूमा १०० गुणा वृद्धि गर्न मद्दत गर्ने बताएको छ । यी हुन्:
१। इमर्सिभ र अन्तरक्रियात्मक अनुभवहरूको साथ सेवाहरूमा विस्फोट
अगमेन्टेड रियालिटी (Augmented reality) र ग्लास-रहित थ्रीडी भिडियो मुलधार बन्नेछ । ५.५जी युगमा इमर्सिभ र अन्तरक्रियात्मक अनुभव भएका सेवाहरू सामान्य हुनेछन् । यन्त्र प्रविधिहरूमा निरन्तर सफलताहरू र कन्टेन्टमा भएको बूमको साथ, १० जीबीट/एस र मिलिसेकेन्ड-स्तर लेटेन्सीले एक्सआर प्रो र भविष्यको मेटाभर्स जस्ता रियल-टाइम अन्तरक्रियात्मक सेवाहरू सक्षम पार्नेछ ।
२। उद्योगको डिजिटल रूपान्तरणमा थप वृद्धि
स्मार्ट उत्पादन क्षेत्रमा ५.५जी युगमा यूआरएलएलसी (अल्ट्रा-रिलाएबल लो लाटेन्सी कनेक्सनहरू) क्षमताहरूले स्वायत्त प्रक्रियाहरूलाई सहायक उत्पादनबाट कोर उत्पादन प्रक्रियाहरूमा सार्न अनुमति दिनेछ । ५.५गीगाहर्ज पोजिसनिङ क्षमतालाई ५जी युगमा मिटरबाट सेन्टिमिटरमा सुधार गरिएको छ जसले एजीभीज जस्ता उच्च प्रिसिजन पोजिसनिङ एप्लिकेशनहरूलाई सक्षम पारेको छ।
३। कनेक्टिभिटिका लागि नयाँ अवसरहरू सिर्जना गर्दै क्लाउड एप्लिकेसनहरू नयाँ युगमा प्रवेश
क्लाउड-आधारित र बहु-क्लाउड इन्टरप्राइज एप्लिकेशनहरू नयाँ ट्रेन्ड बनिरहेका छन् । वाइड-एरिया ठूला अपलिंक क्षमताहरूले क्लाउडमा ठूला डेटा अपलोड गर्न अनुमति दिनेछ जसले सेल्फ-ड्राइभिङ प्रविधिहरू, इन्टेलिजेन्ट रोबोटहरू र होलोग्राफिक अन्तरक्रिया अनुभवहरू सहज बनाउनेछ ।
४। सेलुलर नेटवर्कहरूले सबै आईओटी एप्लिकेशनहरू कभर गर्नेछ र प्यासिब आईओटीले १०० बिलियन कनेक्सनहरू सक्षम पार्ने
प्यासिब आईओटी ट्यागहरूले डाटा प्रसारण गर्न सक्छ र स्थिति र तापमान सेन्सरहरूमा पनि प्रयोग गर्न सकिन्छ। त्यस्ता ट्यागहरू विभिन्न प्रकारका सिनारियोहरूमा प्रयोग गर्न सकिन्छ, जस्तै वेयरहाउस वस्तुहरूको अटोमेटेड सूची, कृषि र लाइभस्टक विकास र व्यक्तिगत वस्तुहरूको पोजिसनिंग ।
५। ५.५जीले संचारदेखि एकीकृत सेवाहरूमा नयाँ सेवाहरू सहज बनाउनेछ
सेन्सिङ क्षमता भएका ५.५जी नेटवर्कहरू स्मार्ट सिटी सडक ट्राफिक सेवाहरू र पेरिमिटर सेन्सिङ जस्ता सिनारियोहरूमा व्यापक रूपमा प्रयोग गर्न सकिन्छ, जसले शहरी पूर्वाधारहरूलाई अझ प्रभावकारी र इन्टेलिजेन्ट बनाउँछ। वर्षा वा कुहिरो मौसममा ५.५जी नेटवर्कहरूले अटोमेटिक रूपमा सडकमा अवरोध वा असामान्यताहरू पत्ता लगाउन सक्छ र चालकहरूलाई ख्याल गर्न सूचित गर्दछ, यातायात सुरक्षित बनाउने ह्वावेले उल्लेख गरेको छ।
प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार