Technology Khabar १५ बैशाख २०८०, शुक्रबार
काठमाडौं ।
मिडियाटेकले डाइमेन्सिटी ९२०० प्लस नामक आफ्नो नयाँ फ्ल्यागशिप चिपसेट आगामी मे १० मा प्रस्तुत गर्ने कम्पनीले खुलासा गरेको छ।
नयाँ प्लेटफर्म सम्भवतः नियमित ९२०० भन्दा सानो स्तरवृद्धि भएको बताइएको छ। यसअघि मिडियाटेकले पहिले नै डाइमेन्सिटी ९००० र ९०००प्लस मा पनि यस्तै स्तरवृद्धि गरेको थियो। सबैभन्दा शक्तिशाली सीपीयू कोर र जीपीयूको फ्रिक्वेन्सीमा सामान्य वृद्धि गरिएको थियो भने आर्किटेक्चर, मेमोरी, र प्रोसेस टेक्नोलाजी भने सबै समान रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
डाइमेन्सिटी ९२००प्लस लाई ४ एनएम फिनएफइटी प्रक्रियामा बनाइने र सीपीयूमा एउटा कोर्टेक्स–एक्स३ युनिट, तीन कोर्टेक्स–ए७१५ कोर र चार कोर्टेक्स–ए५१० कोर रहने बताइएको छ। जीपीयू तर्फ भने इम्मोर्टलिस–जी७१५ एमसी ११ रहनुपर्ने उल्लेख छ।
त्यसैगरी रियलमीको पनि मे १० मा एक कार्यक्रम गर्ने भएको बताइएको छ। उक्त कार्यक्रममा कम्पनीले आगामी डाइमेन्सिटी ९२०० प्लस को साथ फ्ल्यागशिप स्मार्टफोनलाई टिज गर्ने सम्भावना रहेको बताइएको छ। अर्को कम्पनी भिभोले पनि मिडियाटेक प्लेटफर्मको साथ डिभाइसहरूमा काम गरिरहेको छ।
साथै अफवाहहरूका अनुसार भिभोले एक्स ९०एस प्रो, आईक्यूओओ नियो ८प्रो, र आईक्यूओआ ११ एस गरि कम्तिमा पनि तीनओटा फोनहरू ल्याउने उल्लेख गरिएको छ।
प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार