आईओएस १७ मा लक स्क्रिन सेयरिङ, कस्टमाइजेबल एप लाइब्रेरीको सुबिधा

  • Technology Khabar | १४ बैशाख २०८०, बिहीबार
आईओएस १७ मा लक स्क्रिन सेयरिङ, कस्टमाइजेबल एप लाइब्रेरीको सुबिधा

काठमाडौं ।

विश्वले एप्पलको वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी२३) को अपेक्षा गरिरहेको अवस्थामा कम्पनीको आगामी सफ्टवेयर रिलीजको बारेमा विभिन्न जानकारीहरु प्रसारित हुन थालेका छन्।

एप्पल आफ्नो योजनाहरुको बारेमा शान्त रहेको छ तर हालैका लीकका अनुसार आईप्याडओएस र म्याकओएसको अपडेटहरुसँगै आईओएस १७ उक्त कार्यक्रमको एक प्रमुख फोकस हुने बताईएको छ।

आगामी रिलीजको वरिपरि रहेर यति धेरै अनुमान आइरहेको अवस्थामा कुन फिचर्स र सुधारहरूले फाइनल तहमा स्थान बनाउने छन् भन्ने बारेमा भने स्पष्टता नभएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

चिनियाँ सोशल मिडिया वेईबोमार्फत सेटसुना डिजिटलबाट आएको प्रारम्भिक जानकारीले आईओएस १७ ले केही सुधार ल्याउन सक्ने सम्भावना रहेको सुझाव दिएको उल्लेख गरिएको छ।

लीकका अनुसार, आईओएस १७ को फ्ल्यासलाइट टगलको ब्राइटनेसमा थप नियन्त्रण (ग्यार्नुलर कन्ट्रोल) हुनुका साथै लक स्क्रिनमा फन्ट साइज र इमोजी वालपेपर जस्ता थप कस्टमाइजेसन अप्सन्स (विकल्प) पनि रहने उल्लेख गरिएको छ।

त्यसैगरी परिवर्तनहरू सम्बन्धि रहेका सबैभन्दा रोमाञ्चक मध्येको एक एप लाइब्रेरी भएको उल्लेख गरिएको छ। एप लाइब्रेरीलाई अब कस्टमाइज र अर्गनाइज गर्न सकिने र यसले प्रयोगकर्ताहरूलाई आफ्ना एपहरू कसरी पहुँच गर्ने भन्ने बारेमा थप नियन्त्रण दिने बताइएको छ। साथै अर्को सम्भावित परिवर्तन भनेको परिमार्जन गरिएको कन्ट्रोल सेन्टर (नियन्त्रण केन्द्र) भएको र यसले प्रयोगकर्ताहरूलाई सर्टकट र अन्य सुविधाहरू अनुकूलित गर्न स्वतन्त्रता दिन सक्ने बताइएको छ।

केहि प्रयोगकर्ताहरूले भने आईओएस १७ मा एपहरू साइडलोड गर्ने क्षमताको लागि आशा गरिरहेका अवस्थामा उक्त फिचरले अन्तिम रिलीजमा स्थान बनाउने वा नबनाउने भनेर स्पष्टता नभएको उल्लेख छ।

एप्पलले आगामी जुन ५मा डब्ल्यूडब्ल्यूडीसीमा आईओएस १७ घोषणा गर्ने तयारी गरेको बताइएको छ। विकासकर्ताहरूले बीटा संस्करणमा की नोट पछि तुरुन्तै पहुँच पाउनेछन् भने जबकि पब्लिक बीटा जुलाईमा आउने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार