सिम्पल वन इलेक्ट्रिक स्कुटर २३ मेमा भारतमा सार्वजनिक हुने, रेञ्ज ३०० किलोमिटर

  • Technology Khabar | १४ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

भारतको बैंगलोरमा आधारित सिम्पल एनर्जीले आफ्नो इलेक्ट्रिक स्कुटर सिम्पल वनको लन्च मिति घोषणा गरेको छ। इलेक्ट्रिक स्कुटरलाई २३ मे २०२३ मा सार्वजनिक गरिनेछ। सिम्पल वनलाई बैंगलोरमा लन्च गरिनेछ। पहिलो चरणमा बैंगलोरमा डेलिभरी गरिनेछ र अन्य शहरमा फेज अनुसार शुरु गरिनेछ।

कम्पनीले सिम्पल वन इलेक्ट्रिक स्कुटरको लन्च तथा डेलिभरी धेरै पटक पछि सारिसकिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यो इलेक्ट्रिक स्कुटर सर्वाधिक गतिको र अधिक रेञ्जको हुने कम्पनीको भनाई छ। साथै कम्पनीले ब्याट्री पनि सुरक्षित भएको दाबी गरेको छ।

सिम्पल एनर्जीका सीईओ सुहास राजकुमारका अनुसार कम्पनीले पछिल्लो २ वर्षदेखि आफ्नो प्रोडक्ट लगातार रुपमा टेस्ट गरिरहेको छ। एआईएस १५६ एमेन्डमेन्ट ३ पालना गरेकाले पनि ब्याट्री सुरक्षित भएको कम्पनीको भनाइ छ।

सिम्पल वान तीव्र, एस्थेटिक ब्याट्री सिस्टम र पावरट्रेन्स राम्रो छ तथा सान्दार सेफ्टी प्रदान गर्ने उनले बताए। कम्पनीको पाइपलाइनमा धेरै प्रोडक्ड छ तथ कोड प्रोडक्ट आरएण्डी हो। सिम्पल एनर्जीले तमिलनाडु स्थित प्लान्टमा स्कुटर उत्पादन गर्छ।

सिम्पल वान इलेक्ट्रिक स्कुटरमा ४.८ किलोवाट आवरको ब्याट्री प्याक दिइने सम्भावना छ। स्कुटरले २०० किलोमिटरको अधिकतम रेञ्ज प्रदान गर्छ। यो इलेक्ट्रिक स्कुटर ९६ प्रतिशत दक्षता प्राप्त गर्ने क्षमता राख्छ यसका कारणले ग्राहकले रेन्जको चिन्ता गर्नु पर्दैन।

एक अतिरिक्त ब्याट्री प्याकका साथ इलेक्ट्रिक स्कुटरले सिंगल चार्जमा ३०० किलोमिटर रेञ्ज प्रदान गर्छ। सिम्पल वानले ईको मोडमा २३६ किलोमिटर रेञ्ज प्रदान गर्छ। कम्पनीको चार्जर सिम्पल लूपको मद्दतबाट ६० सेकेन्डमा स्कुटरको रेञ्ज २.५ किलोमिटरसम्म बढाउन सकिन्छ।

घरमा कम्पनीको इनबिल्ड ब्याट्रीबाट २.४५ घण्टामा ० देखि १०० प्रतिशत चार्ज हुन्छ। यसको रिमूवेबल ब्याट्री चार्ज गर्न अतिरिक्त ७५ मिनेट समय लाग्छ। यस्तोमा दुवै ब्याट्री चार्ज गर्न करिब ४ घण्टा समय लाग्छ।

रिपोर्ट अनुसार कम्पनीले आगामी महिनादेखि भारतमा ३०० फास्ट चार्जिङ स्टेशन स्थापना गर्दैछ। सिम्पल वानको स्ट्यान्डर्ड भेरियन्टको मूल्य १ लाख ९ हजार भारु तोकिकएको छ। लामो रेञ्ज मोडलको मूल्य १ लाख ४५ हजार भारु तोकिएको छ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार