एनसेल आजियाटाले ग्राहकहरुलाई नयाँ मोबाइल नम्बर दिँदै

  • Technology Khabar | १४ बैशाख २०८०, बिहीबार
एनसेल आजियाटाले ग्राहकहरुलाई नयाँ मोबाइल नम्बर दिँदै
ललितपुर, पुल्चोक स्थित लबिम मलमा राखिएको एनसेल आजियाटा लिमिटेडको फोरजी सेवाको विज्ञापन। फाइल तस्बिर। टेक्नोलोजीखबर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले नयाँ नम्बरिङ्गमार्फत प्राप्त गरेको मोबाइल नम्बर ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मिति २०७८ चैत ६ गते स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७OXXXXXXX देखी सुरु हुने नयाँ मोबाइल नम्बर सुरु गर्ने भएको हो।

यसको बारेमा कम्पनीले सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ।

“यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मिति २०७८-१२-६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७OXXXXXXX देखी सुरु हुने नयाँ मोबाइल नम्बर सुचारु गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं। यस नयाँ नम्बरका साथ आगामी दिनहरुमा हामी हाम्रा ग्राहकहरुलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्नेछौं,” कम्पनीले सूचनामा भनेको छ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया