च्याटजीपीटीको च्याट हिस्ट्री लुकाउन सकिने

  • Technology Khabar | १४ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

ओपनएआईले आफ्नो एआई टूल च्याजीपीटीमा इनकोगनिटो मोड जारी गरेको छ। च्याजीपीटीको नयाँ अपडेटमा अब च्याट हिस्ट्री बन्ने छैन। यो फिचर च्याटजीपीटी बिजनेस सब्सक्रिप्सन मोडलमा उपलब्ध हुने ओपनएआईले बताएको रोयटर्सले उल्लेख गरेको छ।

च्याटजीपीटी प्रयोगमा आएसँगै प्रविधि क्षेत्रमा हंगामा मच्चिएको छ। च्याटजीपीको प्रयोगकर्तामा डाटा सुरक्षाको प्रमुख चिन्ताको रुपमा रहेको छ। च्याटजीपीले प्रयोगकर्ताको डाटा सेभ गरेर आफनो परर्फमेन्सलाई उत्कृष्ट बनाउन प्रयोग गर्दै आइरहेको बताइन्छ।

गत महिनाले इटालीले प्राइभेसीमा चिन्ता जताउँदै च्याटजीपीको प्रयोगमा प्रतिबन्ध लगाएको छ। फ्रान्स र स्पेनमा पनि च्याटजीपीटी विरुद्ध जाँच चरिरहेको छ।

प्रकाशित: १४ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार