एप्पलले सामसङ र एलजीबाट उत्पादित माइक्रो एलईडी प्रयोग गर्ने

  • Technology Khabar | १३ बैशाख २०८०, बुधबार
एप्पलले सामसङ र एलजीबाट उत्पादित माइक्रो एलईडी प्रयोग गर्ने

काठमाडौं ।

एप्पलले २०२४ भन्दा पहिले नै माइक्रोएलईडी प्यानलहरू प्रयोग गर्न सुरु गर्ने कोरिया हेराल्डले खुलासा गरेको छ। कम्पनीको यस्तो कदम बाटोमा रहेको सुन्नमा आएको यो तेस्रो पटक हो।

साथै यो समेत गरी कम्पनीको उक्त विषयमा जानकारी दिने यो तेस्रो फरक आउटलेट भएको र तिनीहरु सबैले स्विच अपरिहार्य रहेको भन्ने सुझाव दिएको भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।

इन्स्टिच्युट फर इन्फर्मेसन एण्ड कम्युनिकेशन्स टेक्नोलोजी प्रमोशन (आईआईटीपी) को रिपोर्ट अनुसार, एप्पलले अन्ततः प्यानलहरू आफैं निर्माण गर्न खोजिरहेको तर संक्रमणको सुरुमा कम्पनीले त्यसो गर्नको लागि तयार नभएको बताएइको छ। यसै कारणले गर्दा कम्पनीले दक्षिण कोरियाबाट प्यानलहरू सोर्सिङ गर्ने र त्यसको कम्तिमा ६० प्रतिशत अर्डरहरू सामसङ डिस्प्ले र एलजी डिस्प्लेमा जाने उल्लेख छ।

अर्गानिक लाइट–इमिटिङ्ग डायोड (ओएलईडी) बाट माइक्रो लाइट–इमिटिङ्ग डायोड डिस्प्ले (माइक्रो ओएलईडी ) टेक्नोलोजीको ट्रान्जिसन २०२४ मा एप्पल वाच अल्ट्राको साथ सुरु हुने बताइएको छ। प्यानलहरु परिपक्व भएपछि र उत्पादनका साथै मूल्य निर्धारणमा पनि सुधार आएपछि माइक्रोएलईडी स्क्रिनहरू भएका आईफोनहरू देखिने छन्।

यद्यपि, आईआईटीपीका अनुसार २०२५ भन्दा अघि एप्पलको माइक्रोएलईडी भने देखा नपर्ने बताइएको छ।

त्यसैगरी म्याकबुकमा एम१ प्रोसेसरको साथ चिपको आत्मनिभरताको लागि एप्पल प्रयासरत रहेको र यसले इन्टेल, क्वालकम, र ब्रोडकमको बजार प्रभुत्वलाई कमजोर पार्न सक्नुका साथै टीएसएमसी र सामसङ सेमीकन्डक्टर जस्ता फाउन्ड्रीहरूलाई उत्साहित गर्ने तथ्यलाई रिपोर्टले उल्लेख गरेको छ।

साथै ताइवानी निर्माताले एरिजोनामा एउटा नयाँ कारखाना विस्तार गरिरहेको र त्यो कारखाना अर्को वर्ष तयार हुने बताइएको छ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार