सेगवेको नाइनबोट क्यू८०सी स्मार्ट इलेक्ट्रिक मोपेड सार्वजनिक, ११५ किमीको रेन्ज दिने

  • Technology Khabar | १३ बैशाख २०८०, बुधबार
सेगवेको नाइनबोट क्यू८०सी स्मार्ट इलेक्ट्रिक मोपेड सार्वजनिक, ११५ किमीको रेन्ज दिने

काठमाडौं ।

नाइनबोटले चीनमा क्यू८०सी स्मार्ट इलेक्ट्रिक मोपेड लन्च गरेको छ। नाइनबोट क्यू८०सी को राइडिङ रेन्ज ११५किमी रहेको र प्रति घण्टा ४५किमी को टप स्पिड (उच्च गति) रहेको छ।

नाइनबोट क्यू सिरिज विशेष रूपमा सेगवेद्वारा महिलाहरूका लागि विकसित गरिएको पहिलो इलेक्ट्रिक मोपेड भएको बताइएको छ। यसले अर्बन सेटिङ्गमा विद्यार्थी र कामदारहरूको ट्राभल पेन पोइन्ट (यात्रा दुखाइ बिन्दु) समायोजन गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

नाइनबोट क्यू८०सी मा महिलाहरूको लागि एकदमै उपयुक्त हुने किसिमको राइडिङ पोष्टर कन्फिगरेसन प्रयोग गरिएको र यस मोपेडको सिट कुशनको उचाइ ७१५एमएम रहेको छ। मोपेडदेखि राइडरको खुट्टा सुरक्षित रूपमा भुइँसम्म टेक्न पुगोस् भन्ने सुनिश्चितको लागि यसले महिलाहरूको विभिन्न उचाइलाई ध्यानमा राखेको र क्यू८०सी महिलाहरुका प्रयोगका लागी एक सुरक्षित मोडेल भएको बताइएको छ।

यस मोपेडमा रहेको डबल–ट्यूब फ्रेम हलुका हुनुका साथै टिकाउ पनि रहेको छ। मोपेडको सिटमा विस्तारित र आरामदायी कुशन समावेश गरिएको छ। साथै इ–बाइकका ह्यान्डलबारहरू बाइकको परिष्कृत सरसफाइका लागि एन्टिब्याक्टेरियल ग्रिपहरूद्वारा एसआईएए प्रमाणित भएको उल्लेख छ।

नाइनबोट क्यू८०सी इलेक्ट्रिक मोपेडमा ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) रहेको बताइएको छ। नाइनबोट क्यू८०सीमा रिडेलङ्ग ब्याट्री रहेको र त्यसले मोपेडलाई ११५किमी सम्मको रेन्ज प्रदान गर्ने बताइएको छ। मोपेडको पहिलो, दोस्रो र तेस्रो गियरहरूको लागि अधिकतम गियर गति क्रमशः २५ किमी/घण्टा, ३२ किमी/घण्टा, र ४५ किमी/घण्टा भएको उल्लेख गरिएको छ।

त्यसैगरी नाइनबोट क्यू८०सीमा धेरैओटा स्मार्ट कनेक्टिभिटी अप्सन्स इन्टिग्रेटेड गरिएका छन्। यसले मोबाइल फोन अनलकिङ्ग, स्वाइप कार्ड अनलकिङ्ग र इन्टेलिजेन्ट एन्टी–थेफ्ट फङ्गसनलाई पनि समर्थन गर्ने उल्लेख गरिएको छ। क्यू८०सी चलाउन मोटरसाइकल चालक अनुमतिपत्र चाहिने बताइएको छ। क्यू८०सीको मूल्य ३,७९९ युआन (५५१ डलर) रहेको र यसलाई जेडी डट कमबाट किन्न सकिने बताइएको छ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार