रिफर्बिस्ड स्मार्टफोन बजारमा आईफोनको प्रभुत्व, करिब ५० प्रतिशत सेयर हिस्सा

  • Technology Khabar | १३ बैशाख २०८०, बुधबार
रिफर्बिस्ड स्मार्टफोन बजारमा आईफोनको प्रभुत्व, करिब ५० प्रतिशत सेयर हिस्सा

काठमाडौं ।

विश्वभरका विभिन्न स्मार्टफोन बजारहरूमा एप्पल एक प्रमुख खेलाडी भएको उल्लेख गरिएको छ। एप्पलको नयाँ लन्चहरूले मात्र बजारमा राम्रो प्रदर्शन गर्ने नभएर यसका पुराना मोडलहरूले पनि सेकेन्ड ह्यान्ड बजारमा लगातार राम्रो मूल्य कायम राख्ने गरेको छ।

साथै कम्पनीले नवीकरण गरिएको ९रिफर्बिस्ड० स्मार्टफोनको बजारमा पनि प्रभुत्व जमाइरहेको भनी हालसालै एक नयाँ रिपोर्टले पत्ता लगाएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार कपर्टिनो बेस्ड जायन्टले गत वर्ष सम्पूर्ण रिफर्बिस्ड स्मार्टफोन बजारको लगभग आधा हिस्सा ओगटेको छ। उक्त प्रतिवेदनमा ग्लोबल रिफर्बिस्ड मार्केटमा एप्पलको आईफोन ४९ प्रतिशत हिस्सा सहित अग्र स्थानमा छ। त्यसैगरी यस क्याटगोरीको दोस्रो ठूलो ब्रान्ड सामसङ भएको र यसको बजार हिस्सा २६ प्रतिशत मात्रै रहेको छ। एप्पल आईफोनहरू दक्षिण कोरियाली ब्रान्डका मोडलहरू भन्दा रिफर्बिस्ड सेगमेन्टमा लगभग दोब्बर लोकप्रिय भएको उल्लेख गरिएको छ।

प्रतिवेदनले सन् २०२२ मा आइफोन निर्माताको लागि वार्षिक वृद्धि दर १६ प्रतिशत भएको उल्लेख गरेको छ। यसैबीच, ग्लोबल रिफर्बिस्ड स्मार्टफोन मार्केटमा पनि २०२२ मा ५ प्रतिशतले समग्र वृद्धि देखिएको बताइएको छ। गत वर्षमा प्रयोग गरिएको र माध्यमिक स्मार्टफोन बजारमा पनि आइफोन ब्यापार बढ्दो क्रममा छ। चाखलाग्दो कुरा के छ भने, यसले एप्पलको नयाँ आईफोन मोडलहरूको बिक्रीमा पनि प्रभाव पारेको उल्लेख गरिएको छ।

उक्त ह्यान्डसेटहरूले अझै पनि एप्लिकेसन्स र अन्य सबक्रिप्सन्स ९सदस्यता०को खरिदमा नेतृत्व गर्दै यी मोडेलहरूले अझै पनि एप्पलको ९सेवा राजस्व० सर्भिसेस रेभिन्यू स्ट्रिममा योगदान पुर्याएको बताइएको छ। बजारका यी दुई लिडरहरु बाहेक बाँकी रहेका अन्य ब्रान्डहरूले बजारको बाँकी हिस्साको लागि प्रतिस्पर्धा गरेका छन्। भिभो र ओप्पो प्रत्येकको मात्र ३ प्रतिशत बजार हिस्साको लागि जिम्मेवार भएको र ह्वावेले २०२२ मा ४ प्रतिशतबाट ३ प्रतिशतमा गिरावट आएको देखेको उल्लेख गरिएको छ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार