३ लाख २० हजार किलोमिटर गुडेपछि टेस्ला ईभीको ब्याट्री क्षमता १२ प्रतिशत घट्ने

  • Technology Khabar | १३ बैशाख २०८०, बुधबार

काठमाडौं ।

इलेक्ट्रिक कार चढ्न चहानेको प्रमुख अवरोधको रुपमा ईभी ब्याट्री ह्रासलाई मान्ने गरिन्छ। ब्याट्रीको लागतका कारण इलेक्ट्रिक कार महँगो हुने गर्छ।

टेस्लाको इम्प्याक्ट रिपोर्ट २०२२मा टेस्लाका ईभीले ३ लाख २० हजार किलोमिटर प्रयोग पछि पनि ब्याट्रीहरुले आफ्नो क्षमताको औसत १२ प्रतिशत गुमाएको देखाउँछ।

सक्रिय रुपमा चर्जा र डिस्चार्ज नहुँदा पनि लिथियम आयन ब्याट्रीहरुले क्षमता गुमाउँछन्। यो एक ज्ञात तथ्य पनि हो किनकी धेरै प्रयोगकर्ताले आफ्नो मोबाइल डिभाइस र ल्यापटपमा यस्तो पाएका छन्। यी डिभाइसमा रहेका ब्याट्रीले विज्ञापन मार्फत दाबी गरेको क्षमता चाँडै गुमाउँछन्, दुई वर्षको अवधिमै ब्याट्रीको क्षमता धेरै ह्रास आउने गरेको छ। यसले मानिसहरूलाई विद्युतीय सवारी साधनहरू अँगाल्न अनिच्छुक बनाउँछ, यसको मूल्य पनि उच्च छ र दुई वर्षको प्रयोगपछि प्रतिस्थापन गर्न कम व्यावहारिक हुन्छ।

थोरैलाई थाहा छ कि इलेक्ट्रिक गाडीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीहरू मोबाइल ब्याट्री जस्तै हुँदैनन् र मोबाइल फोनहरूमा जस्तै प्रयोग हुँदैनन्। रसायन विज्ञान फरक छ, अधिक चार्ज–डिस्चार्ज चक्रहरूको लागि अनुमति दिन्छ र, ब्याट्री लाईफ पनि लामो हुन्छ। विद्युतीय सवारी साधनहरूमा पनि थर्मल म्यानेजमेन्ट सिस्टम हुन्छन्। जसले अप्टिमल अवस्थामा स्थिर सञ्चालन सुनिश्चित गर्दछ, तिनीहरूको जीवनचक्र लम्ब्याउँछ।

ईभी ब्याट्रीहरूमा ठूला क्षमताका बफरहरू हुन्छन्, यसको मतलब तिनीहरू गहिरो रूपमा डिस्चार्ज हुँदैनन् वा फोनको ब्याट्री जत्तिकै चार्ज हुँदैनन्। यसले ब्याट्रीको ह्रासलाई सीमित गर्छ, जुन चार्ज–अफ–चार्ज सीमाको नजिकै बढ्छ। ब्याट्रीलाई २० प्रतिशत र ८० प्रतिशत चार्जको अवस्थाको बीचमा राख्दा जीवनचक्र बढाउन सकिन्छ।

सन् २००८ देखि इलेक्ट्रिक सवारी उत्पादन गरिरहेकाले अन्य कम्पनीको तुलनामा टेस्लासँग लिथियम आयन ब्याट्रीमा धेरै अनुभव छ। सडकमा धेरै ईभी भएकाले विशेष गरी टेस्लासँग आफ्नो सवारीको धेरै डाटा संकलन गर्न सक्षम छ। यस डाटाकोक आधारमा कार निर्माताले गरेको हिसाबका आधारमा औसत ईभी ब्याट्रीले ३.२ लाख किलोमिटर प्रयोग पछि आफ्नो क्षमताको १२ प्रतिशत मात्र गुमाउँछ। टेस्लाका अनुसार, यो औसत माइलेज हो जब कुनै गाडी सामान्यतया अमेरिकामा स्क्र्याप गरिन्छ, युरोपेलीमा औसतमा २.३ लाख किलोमिटर पछि कारहरू स्क्र्याप गरिन्छ।

* ३ लाख २० हजार किमी हुनुपर्नेमा अन्यथा भएकोमा समाचार र हेडलाईन सच्याईएको  छ। – सम्पादक

प्रकाशित: १३ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार