नोकिया जी११ प्लसमा एन्ड्रोइड १३ अपडेट

  • Technology Khabar | १३ बैशाख २०८०, बुधबार
नोकिया जी११ प्लसमा एन्ड्रोइड १३ अपडेट

काठमाडौं ।

गत वर्षको जुनमा एचएमडीले एन्ड्रोइड १२ सहितको नोकिया जी११ प्लस लन्च गरेको थियो। साथै सोही वर्षको डिसेम्बरमा कम्पनीले स्मार्टफोनलाई एन्ड्रोइड १३ मा स्तरवृद्धि गर्ने वाचा पनि गरेको थियो। आफ्नो वाचा राख्दै कम्पनीले अन्ततः नोकिया जी११ को लागि एन्ड्रोइड १३ अपडेट (फर्मवेयर संस्करण भी२.४२०) रिलिज गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

नोकिया जी११ प्लसको एन्ड्रोइड १३ अपडेटको लागि २.४जीबी को डाउनलोड आवश्यक पर्ने र यसको चेन्जलगले अपडेट थिम्ड एप आइकन्स, फोटो पिकर, नोटिफिकेसन पर्मिसन्स र नयाँ मिडिया कन्ट्रोल्सका साथ आउने बताएको छ। त्यसैगरी यसले नोकिया जी११ प्लसको अप्रिल २०२३ मा एन्ड्रोइड सेक्युरिटि प्याच लेभल (स्तर) पनि बढाउने छ।

नोकिया जी११ प्लसमा एन्ड्रोइड १३ प्राप्त गर्नको लागि स्मार्टफोनको सेटिङ मेनुमा नेभिगेट गरेर यसलाई म्यानुअल रूपमा जाँच गर्न सकिने बताइएको छ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...