अमेरिकासँगको व्यापार युद्धमा चीनको रणनीतिक प्रगतिः सेमिकन्डक्टरमा आत्मनिर्भरताका लागि वाईएमटीसीको लक्ष्य

  • Technology Khabar | १३ बैशाख २०८०, बुधबार

काठमाडौं ।

चीन र अमेरिका बीचको व्यापार युद्ध पूर्ण गतिमा जारी नै छ। दुई देशबीचको तनावले सबैभन्दा बढी प्रभाव प्राविधि क्षेत्रमा देखिएको छ। अमेरिकी सरकारले सुरक्षा चिन्ताका कारण केही चिनियाँ कम्पनीहरूलाई हाइ भ्यालू–याडेड् टेक्नोलोजी प्रोडक्टहरु बिक्री गर्नबाट प्रतिबन्ध लगाएको छ भने जवाफी रुपमा एसियाली देशले महत्त्वपूर्ण कच्चा पदार्थको आपूर्तिमा कठिनाइ सिर्जना गरेको छ। यद्यपी, दुवै देशले आक्रामक रणनीतिमा मात्रै ध्यान भने नदिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

उदाहरणका लागि, अमेरिकी कम्पनीहरूले ब्याट्री र अन्य प्रविधिहरूका लागि वैकल्पिक कच्चा पदार्थ खोजिरहेका छन् भने चिनियाँ कम्पनीहरूले उनीहरूलाई बिक्री नहुने वा नगरिएको प्रविधिहरू विकास गर्ने प्रयास गरिरहेका छन्। हालसालै, चीनको अग्रणी मेमोरी चिप निर्माता वाईएमटीसीले स्थानीय रूपमा स्रोत उपकरणहरू प्रयोग गरेर उन्नत ३डी एनएएनडी प्रोडक्टहरू उत्पादन गर्नमा प्रगति हासिल गरेको छ।

चीनको वाईएमटीसीले स्थानीय उपकरणको साथ ३डी एनएएनडी फ्ल्यास चिप उत्पादनमा आत्मनिर्भरता बढाउँदै
पछिल्ला रिपोर्टहरूका अनुसार, चीनको अग्रणी मेमोरी चिप निर्माता याङ्त्जे मेमोरी टेक्नोलोजी कर्प (वाईएमटीसी)ले घरेलु स्रोतहरू मात्र प्रयोग गरी उन्नत ३डी एनएएनडी फ्ल्यास चिप उत्पादनहरू उत्पादन गर्नको लागि प्रगति गरिरहेको छ। वुडाङ्गशान नामको टप–सिक्रेट (उच्च–गोप्य) परियोजनाले नौरा टेक्नोलोजी ग्रुप (समूह) जस्ता चिनियाँ आपूर्तिकर्ताहरूसँग महत्त्वपूर्ण अर्डरहरू राखेको छ। वाईएमटीसीको उद्देश्य भनेको चीनलाई सेमिकन्डक्टर प्रोडक्सनमा आत्मनिर्भर बन्न मद्दत गर्नु रहेको छ। तर टेक्नोलोजी चिनियाँ सेनाको हातमा पर्ने बारेको चिन्तालाई उद्धृत गर्दै अमेरिकाले उन्नत चिप बनाउने उपकरणहरूको निर्यातमा प्रतिबन्ध लगाएर वाईएमटीसीको त्यस उद्देश्य अन्तर्गतको परियोजनालाई अवरोध पुर्याएको छ।

यद्यपि, चीनको चिप उत्पादन आपूर्ति श्रृंखलामा “चोक पोइन्ट” भनेको घरेलु विकल्पहरू अझै पनि उपलब्ध नभएको र यसले वाईएमटीसीका लागि चुनौती सिर्जना गरेको उल्लेख गरिएको छ। यसमा अमेरिकी उपकरण निर्माता केएलएबाट मेट्रोलोजी उपकरणहरू र डच कम्पनी एएसएमएलबाट लिथोग्राफी प्रणालीहरूका साथै जापानी विक्रेता निकोन र क्यानन पनि समावेश रहेका छन्। चुनौतिहरूको बावजुद, वाईएमटीसीले राज्य–समर्थित लगानीकर्ताहरूबाट नयाँ कोष प्राप्त गरेको र त्यसमा “बिग फन्ड“ समावेश रहेको बताइएको छ। साथै गत वर्ष यू.इस टे«ड (अमेरिकी व्यापार) ले कालोसूचीमा राखेपछि कम्पनीको लागि यो नयाँ कोष प्राप्ती एक सकारात्मक समाचार भएको उल्लेख गरिएको छ।

सफल भएको खण्डमा भने, वुडाङ्गशान परियोजना चीनको सेमिकन्डक्टर उद्योगको लागि एक सफलता हुने र यसले देशलाई सामसङ जस्ता अन्य उन्नत चिप निर्माताहरूसँग प्रतिस्पर्धा गर्न मद्दत गर्न सक्ने उल्लेख गरिएको छ। यद्यपि, वाईएमटीसीले यसको चिप निर्माण आपूर्ति श्रृंखलामा चोक पोइन्टहरू कसरी पार गर्नेछ भनेर हेर्न बाँकी रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया