काठमाडौं ।
एप्पलको वार्षिक डब्ल्यूडब्ल्यूडीसी नजिकिँदै गरेको समयमा कम्पनीको मिक्स्ड रियालिटि हेडसेटको बारेमा थप विवरणहरू प्राप्त भएको छ। मार्क गुर्मनको पछिल्लो न्यूजलेटरले एमआर हेडसेटको ब्याट्री प्याक र चार्जरको बारेमा विवरण दिएको बताइएको छ।
एमआर हेडसेटको ब्याट्री प्याक कथित रूपमा आईफोन जत्तिकै ठूलो तर अलि मोटो हुने र यूएसबी–सी मार्फत चार्ज हुने उल्लेख छ। साथै एमआर हेडसेटको ब्याट्री २०२१ मा डेब्यु भएको आइफोन म्यागसेफ ब्याट्री प्याकसँग मिल्दोजुल्दो हुने जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।
ब्याट्री प्याक प्रोप्रिटरी राउन्ड कनेक्टरमा टुङ्गिने केबल मार्फत जोडिएको र म्याग्नेट मार्फत हेडसेटमा (एट्याच) जोडिने गुर्मनले बताएका छन्। यसमा चाखलाग्दो कुरा के रहेको छ भने यसको कनेक्टर रोटेटेबल (घुमाउन मिल्ने) हुनेछ। साथै प्रयोगको क्रममा यसको ठाउँको सुनिश्चितको लागि घडीको दिशामा घुमाएर प्रयोगकर्ताहरूले यसलाई हेडसेटमा लक गर्न सक्ने बताइएको छ। यसको अर्को केबल छेउ ब्याट्री प्याकमा टाँसिने भएकाले हटाउन नमिल्ने उल्लेख गरिएको छ।
हेडसेटले सबै अवस्थित प्रथम–पक्ष (एक्जीस्टिङ फस्ट–पार्टि) आईप्याड एपहरू मिक्स्ड रियालिटिमा संचालन गर्नुका साथै विकासकर्ताहरूलाई उनीहरूको एपहरूमा पुनः काम गर्न आवश्यक नपर्ने “सयौं“ तेस्रो–पक्ष एपहरू पनि चलाउने अपेक्षा गुर्मनले गर्दछन्। यसमा ध्यानमा केन्द्रित रहेको नयाँ वेलनेस एप पनि रहने छ। एप्पलको एमआर हेडसेटलाई ३,००० डलर मूल्यको साथ लन्च गर्ने अनुमान रहेको छ।
प्रकाशित: १३ बैशाख २०८०, बुधबार