भारतमा भिडियो हेर्दाहेर्दै मोबाइल विस्फोट, ८ वर्षीया बालिकाको मृत्यु

  • Technology Khabar | १२ बैशाख २०८०, मंगलवार
भारतमा भिडियो हेर्दाहेर्दै मोबाइल विस्फोट, ८ वर्षीया बालिकाको मृत्यु
सांकेतिक तस्विर

काठमाडौं ।

भारतको केरला राज्यको त्रिशूरमा मोबाइल फोन विस्फोट हुँदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ। बालिका हातमा फोन लिएर भिडियो हेर्दै गर्दा यो घटना भएको हो।

यो घटना सार्वजनिक भएपछि स्मार्टफोनको सुरक्षालाई लिएर फेरि एकपटक प्रश्न उठ्न थालेको छ। तर, यो फोन कुन ब्राण्डको हो भन्ने खुलाइएको छैन।

भारतीय समाचार एजेन्सी आईएएनएसले ट्वीट गरेर यो घटनाको जानकारी दिएको छ। रिपोर्टका अनुसार कक्षा ३ मा अध्ययनरत आठ वर्षीया बालिकाको हातमा रहेको मोबाइल भिडियो हेर्दाहेर्दै गर्दा विस्फोट हुँदा मृत्यु भएको थियो। यद्यपी फोनमा विष्फोट हुनुको कारणबारे केही खुल्न सकेको छैन।

समाचार अनुसार घटना सोमबार राति भएको हो। त्यही क्रममा यो घटना लगत्तै बालिकालाई अस्पताल लगियो, जहाँ चिकित्सकको लाखौं प्रयासमा पनि उनको ज्यान बचाउन सकेनन्। तर, स्थानीय प्रहरी अधिकारीको टोलीले यस विषयमा अनुसन्धान थालेको छ भने फरेन्सिक टोली पनि खटाइएको छ।

रिपोर्टहरू विश्वास गर्ने हो भने, फोन तीन वर्ष पहिले किनिएको थियो र यसको ब्याट्री गत वर्ष परिवर्तन गरिएको थियो। दुर्घटना हुँदा बालिका हजुरआमासँगै घरमा थिइन्। सोही क्रममा विष्फोटपछि मृतक बालिकाको अनुहार र हातमा गहिरो चोट लागेको थियो।

स्मार्टफोनमा आगलागी भएको यो पहिलो घटना भने होइन। यसअघि पनि यस्ता घट्नामा ज्यान गुमाएका छन्।

हालसालै मात्र पोखरामा पनि शाओमीको पोको फोन चार्जमा राख्दा पड्किएको थियो।

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार