काठमाडौं ।
सामसङको अर्को ठूलो अनप्याक्ड लन्च कार्यक्रम जुलाईको अन्तिम हप्तामा हुनसक्ने एक बेनामे र अज्ञात स्रोतहरूबाट नयाँ अफवाह आएको छ। परम्परागत रूपमा कम्पनीले प्रत्येक वर्षर्को अगस्टमा सेकेण्ड अनाउसमेन्ट बोनान्जा आयोजना गर्ने गरेको बताइएको छ।
तर यसपटक भने उक्त कार्यक्रम अपेक्षा गरेको भन्दा पहिले नै हुने भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
यदि सो जानकारी सहि भएको अवस्थामा, यस कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड ५ र जेड फ्लिप ५ लाई ग्यालेक्सी वाच ६ र ग्यालेक्सी ट्याब एस ९ सिरिजहरूसँगै विश्वसामु प्रस्तुत गरिने संभावना छ।
कम्पनीले सामान्यतया आफ्नो कार्यक्रमहरू हप्ताको मध्यमा भागमा आयोजना गर्न मन पराउने भए तापनि यस अफवाहका अनुसार भने कम्पनीको उक्त अर्को अनप्याक कार्यक्रम जुलाईको २५, २६, वा २७ मा आयोजना हुने अपेक्षा गरिएको बताइएको छ।
यद्यपी, गत वर्षको तुलनामा केही हप्ता वा सो भन्दा पहिले गरिने अनावरणले ठूलो फरक भने नपार्ने उल्लेख छ। साथै सामसङले केही क्षेत्रहरूमा (उदाहरणका लागि जस्तैः फोल्डेबल स्पेस) सामना गरिरहेको बढ्दो प्रतिस्पर्धाको बारेमा सचेत रहेको संकेत हुनसक्ने भन्दै कम्पनीले फाइन्ड एन२ फ्लिप्स र पिक्सेल फोल्ड्सको प्रतिक्रियाको रुपमा अलि चाँडो विश्वसामु आफ्नो उत्पादन ल्याउन लागेको बुझ्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १२ बैशाख २०८०, मंगलवार